युरोपका ठूला क्लब हा’रेको अनौठो संयोग
युरोपियन क्लब फुटबलका पावरहाउस बायर्न म्युनिख, रियाल मड्रिड, पेरिस सेन्ट जर्मेन (पीएसजी) र बार्सिलोना लिगमा एकै साता प’राजित भएको संयोग विरलै भेट्न सकिन्छ । यहाँ उल्लेखित नाममध्येका दुई वा तीन क्लब एकै सातामा हा’रेको पनि कमै मात्र हुन्छ ।
त्यसैले पनि यो साता सबै चार क्लब हार्नुलाई अनौठो संयोगका रूपमा लिइएको छ ।
अझ युरोपियन फुटबलका यी चारै हस्तीहरू जारी सिजन लिगमा पहिलोपटक प’राजित भएका हुन् ।
शनिबार र आइतबार राति चारै क्लबको लिगमा अ’पराजित यात्राको अन्त्य भयो ।
बार्सिलोना स्पेनिस ला लिगाको साबिक विजेता एट्लेटिको मड्रिडसँग २–० ले प’राजित भयो ।
बार्सिलोना पछिल्लो समय खराब लयबाट गुज्रिरहेको छ । त्यसैले एट्लेटिकोसँग बार्सिलोनाको हारलाई धेरै अनौठो ठानेका छैनन् ।
तर, बाँकी तीन क्लब एकैपटक हानुलाई भने आश्चर्यका रूपमा लिइएको छ ।
त्यति मात्र होइन, नेदरल्यान्ड्सको शीर्ष डिभिजन लिगमा साबिक विजेता आयाक्स पनि पराजित भयो । आयाक्सको पनि जारी लिगमा यो पहिलो हार नै थियो ।
अझ बायर्न र रियाल एकै दिन हारेको यो पहिलोपटक हो । रोबर्ट लेवनडोवस्कीको बायर्नदेखि लियोनल मेसीको पीएसजी प’राजित भएपछिको प्रतिक्रिया :
जर्मन बुन्डेसलिगा
बायर्न म्युनिख १–२ इन्ट्राचट फ्रांकफर्ट
बुन्डेसलिगाको शीर्ष क्लब बायर्न घरेलु मैदानमा इन्ट्राचट फ्रांकफर्टसँग २–१ ले प’राजित भयो ।
बायर्न घरेलु मैदान एलिनाज एरिनामा हारेको सन् २०१९ नोभेम्बरपछि पहिलोपटक हो ।
जुलियन नागेल्सम्यानको बायर्नले २९औँ मिनेटमा लियोन गोरेट्जकाको गोलबाट अग्रता लिएको थियो ।
त्यसको तीन मिनेट बित्न नपाउँदै मार्टिन हिन्टेरेगरले बराबरी गोल फर्काए । खेल सकिन सात मिनेट बाँकी हुँदा फिलिप कोस्टिकले अर्को गोल थपेपछि फ्रांकफर्टले महत्वपूर्ण तीन अंक जोड्यो ।
फ्रांकफर्टले बायर्नको घरेलु मैदानमा जितेको २००० पछि यो पहिलोपटक हो । योसँगै बायर्नको ३० खेलसम्मको अ’पराजित यात्रामा पूर्णविराम लागेको छ ।
“हार सधैँ पीडादायी नै हुन्छ,” बायर्नका प्रशिक्षक नागेल्सम्यानले भने, “आज हामी दुई कारण दुः’खी छौँ । एक, हामी सिजनमा पहिलोपटक हार्यौँ । दोस्रो, यो हा’र टार्न सकिने अवस्था थियो ।”
स्पेनिस ला लिगा
स्पानियोल २–१ रियाल मड्रिड
च्याम्पियन्स लिगमा शेरिफ टिरासपोलसँग आश्चर्यजनक रूपमा हारेको पाँच दिन बित्न नपाउँदै रियाल मड्रिड लिगमा स्पानियोलसँग २–१ ले प’राजित भयो ।
शेरिफ पहिलोपटक च्याम्पियन्स लिग खेलेको टोली थियो । शेरिफसँग पराजित भएपछि रियालले लिगमा सानदार पुनरागमन गर्ने अनुमान गरिएको थियो ।
तर, भ्रमणकारी रियालले त्यो खालको नतिजा निकाल्न सकेन । रियाल स्पानियोलसँग २५ लिग खेलमा पहिलोपटक प’राजित हुँदा लिगमा २५ खेलसम्मको अ’पराजित यात्रा पनि टुंगियो । स्पानियोलले रियालका पूर्वखेलाडी राउल डी टोमासको गोलबाट १७औँ अग्रता लिएको थियो ।
एलेक्सि भिडालले ६०औँ मिनेटमा अग्रता दोब्बर बनाए । ७१औँ मिनेटमा करिम बेन्जेमाले गोल फर्काए पनि रियालले अंक जोड्न सकेन ।
“हामीले खेलेको यो सिजनकै सबभन्दा खराब खेल हो,” रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने, “हामीले खराब प्रदर्शन गरेको कुरालाई म स्वीकार गर्छु । यो अन्तर्राष्ट्रिय बिदापछि हामी राम्रो पुनरागमन गर्नेछौँ ।”
एट्लेटिको मड्रिड २–० बार्सिलोना
बार्सिलोनाको हारलाई आश्चर्यजनक रूपमा लिन मिल्छ वा मिल्दैन त्यो छुट्टै पाटो भयो । कारण, बार्सिलोनाको ख’राब लय ।
२६ पटककोे ला लिगा विजेता बार्सिलोना पछिल्लो समय खराब लयबाट गुज्रिरहेको छ । च्याम्पियन्स लिगमा बेनिफिकासँग ३–० ले हारेको बार्सिलोना लिगमा एट्लेटिकोसँग २–० ले प’राजित भएको हो ।
एट्लेटिकोको जितमा बार्सिलोनाका पूर्वस्ट्राइकर लुइस स्वारेज र थोमस लेमारले गोल गरे । लिगमा बार्सिलोनाको पनि यो पहिलो हा’र हो ।
निरन्तरको खराब प्रदर्शनपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान बर्खास्त हुने चर्चा थियो ।
तर, क्लबका अध्यक्ष जोन लापोर्टाले एट्लेटिकोविरुद्धको खेलअघि उनलाई तत्काल बर्खास्त नहुने विश्वास दिलाएका थिए । यद्यपि, क्लबको नतिजा राम्रो आउन सकेन ।
“अध्यक्षले मेरो भविष्यबारे स्पष्ट बनाइदिएपछि प्रशिक्षक र खेलाडीको मनोबल बढेको थियो । तर, नतिजा राम्रो आउन सकेन ।
हामी बार्सिलोना हौँ र खेल जित्न सक्छौँ । अहिले हामीमाथि जुन दबाब छ, त्यो सामान्य हो,” बार्सिलोनाका प्रशिक्षक कोम्यानले भने ।
फ्रेन्च लिग वान
रेनेस २–० पीएसजी
फ्रेन्च लिग वानको उपाधि पुनः जित्ने अभियानमा रहेको पीएसजीले यस सिजन शतप्रतिशत नतिजा निकालेको थियो ।
यसअघि खेलेका सबै आठ खेल जितेको पीएसजीले रेनेसलाई हराएको भए दोस्रो स्थानको लेन्ससँग ९ अंकको अग्रता बनाउने थियो ।
तर, घरेलु टोली रेनेसले माउरिसियो पोचेट्टिनोको टोलीलाई स्तब्ध बानायो । गाइटन लाबोर्डे र फ्लाभियन टैटले गरेको गोल रेनेसको जितमा पर्याप्त भयो ।
विश्व फुटबलका स्टार खेलाडी लियोनल मेसी, नेइमार र काइलियन एमबाप्पे गोल गर्न असफल रहे । मेसी बार्सिलोनाबाट फ्रान्स आएपछि पीएसजी हा’रेको यो पहिलोपटक हो ।
“म हरेक कुराबाट निराश छु,” पीएसजीका प्रशिक्षक पोचेट्टिनोले भने, “अब खेलाडीहरू अन्तर्राष्ट्रिय बिदामा जानेछन् । त्यसपछि अर्को महिना ६ खेल हुनेछन् । अब त्यसबारे हामीले तयारी गर्नुपर्छ ।”
आयाक्स ०–१ युट्रेचट
साबिक विजेता आयाक्सले नेदरल्यान्ड्सको शीर्ष डिभिजनमा सुुरुको सातमध्ये ६ खेल जितेको थियो ।
एक खेल बराबरी खेलेको थियो । गत सिजन आयाक्सले १६ अंकको अग्रतासहित उपाधि जितेको थियो ।
तर, योहान क्रुफ एरिनामा आयाक्सलाई युट्रेचटले स्तब्ध बनायो । “हामी पहिलो मिनेटबाटै लयमा भएनौैँ,” आयाक्सका प्रशिक्षक इरिक टेन हागले भने, “खेलमा हामी शतप्रतिशत केन्द्रित हुनुपर्छ । तर, आजको खेलमा त्यो देखिएन ।”एजेन्सी



