साफ च्याम्पियनसिपमा सुमन लामाको गोलमा नेपालको अग्रता
मुन्धुमस्टार
साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो खेलमा श्रीलंकाको सामना गरी रहेको छ ।
सुमन लामाको गोलमा नेपाल अघि बढेको हो ।
पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।
खेलको ३३ औं मिनेटमा सुमन लामाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका हुन् ।
सुमनको यो नेपालका लागि पहिलो गोल हो ।
साफमा नेपालको खेल
नेपाल भर्सेस माल्दिभ्स – असोज १५ गते – राति ९:४५ बजे (नेपाल १-० ले विजयी)
नेपाल भर्सेस श्रीलंका – असोज १८ गते – राति ९:४५ बजे
नेपाल भर्सेस भारत – असोज २४ गते – राति ९:४५ बजे
नेपाल भर्सेस बंगलादेश – असोज २७ गते – अपरान्ह ४:४५ बजे



