नेपालको साफ च्याम्पियनसिपमा विजयी सुरूवात
काठमाडौं (हाम्रो खेलकुद) – युवा फरवार्ड मनिष डाँगीको गोलमा नेपालले साफ च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध खेलमा अग्रता लिएको छ ।
खेलको ८६ औं मिनेटमा मनिषले काउन्टर अट्याकमा आएको आक्रमणलाई अघि बढाउँदै गोल गरेका थिए । तीन डिफेन्डरको चुनौती काट्दै उनले गोलरक्षकलाई वन भर्सेस वनको स्थितिमा बिट गरेका थिए ।
विशाल राईले उपलब्ध गराएको पासमा मनिषले ८६ मिनेटमा उत्कृष्ट फिनिसिङ गरेका थिए।
मनिष खेलको ६९ मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका थिए।
त्यसअघि खेलको छैटौं मिनेटमा नै माल्दिभ्सले गोल गर्ने सुन्दर अवसर सिर्जना गरेको थियो । किरणले बायाँ विंगबाट आएको क्रस विफल पार्दा आएको रिबाउन्डलाई माल्दिभ्सका खेलाडीले प्रहार गरेपनि दीनेश राजवंशी त्यसमा बाधक बनेका थिए ।
खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको लामो दुरीको प्रहारलाई गोलरक्षक मोहमद फैसलले सहजै बचाए । १२ औं मिनेटमा नेपाल गोल गर्ने अवसरबाट चुक्यो । नवयुग श्रेष्ठको पासमा रोहित चन्दले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा बललाई राम्रोसँग प्रहार गर्न नसक्दा अवसर खेर गएको थियो ।
त्यसअघि खेलको ७९ मिनेटमा आयोजक माल्दिभ्सले अग्रता लिने सुन्दर अवसर खेर फालेको थियो। हसन नाइजले सिक्स यार्डबाट हानेको प्रहार आकासिएको थियो।
७६ मिनेट अली फैजरको प्रहारलाई नेपालका गोलकिपर किरणकुमार लिम्बुले विफल पारे।
सुरुवातदेखि नेपालमाथि हाबी भएको माल्दिभ्सका अली अस्फाक पाएका अवसरमा चुकेका थिए।
पहिलो हाफमा नवयुग श्रेष्ठले डिबक्समा अवसर पाए पनि उनले फितलो प्रहार गरेका थिए। जसका कारण माल्दिभ्सका गोलकिपरले सजिलै बललाई नियन्त्रणमा लिएका थिए।
पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।
साफमा नेपालको खेल
नेपाल भर्सेस माल्दिभ्स – असोज १५ गते – राति ९:४५ बजे (नेपाल १-० ले विजयी)
नेपाल भर्सेस श्रीलंका – असोज १८ गते – राति ९:४५ बजे
नेपाल भर्सेस भारत – असोज २४ गते – राति ९:४५ बजे
नेपाल भर्सेस बंगलादेश – असोज २७ गते – अपरान्ह ४:४५ बजे



