सी–टाइप युएसबी चार्जर मात्र चलाउन पाइने भएपछि एप्पल स’मस्यामा
युरोपेली युनिअनमा बिहीबार नयाँ कानुन प्रस्ताव गरिएको छ जसमा स्मार्टफोन, ट्याबलेट, क्यामरा, पोर्टेबल स्पिकरलगायत सबै किसिमका चार्ज गर्नुपर्ने डिभाइसमा सी–टाइप युएसबी चार्जर नै अनिवार्य प्रयोग गर्नुपर्ने भनिएको छ ।
यसले मुख्यगरी एप्पललाई स’मस्यामा पार्ने भएको छ जसले एन्ड्रोइड भन्दा फरक आफ्नो छुट्टै ‘लाइटिङ पोर्ट’ प्रयोग गर्दै आएको छ ।
यो नयाँ नियम लागू हुन अझै लामो समय बाँकी भएपनि यसका कारणले अब एप्पलले आफ्नो ‘सिग्नेचर चार्जर’ मा बदलाव ल्याउनुपर्ने हुन सक्छ ।
इयूकी प्राविधिक प्रमुख मार्गरेथ भेस्तेगरले भनेकी छन्, “चार्जन नमिलेर दर्जनौँ थन्क्याएर राख्नु पर्दा युरोपेलीहरु पहिलेदेखि नै दिक्क भइरहेका छन् ।
र हामीले यसको समाधान ल्याउन प्राविधिक उद्योगलाई लामो समय पनि दिएका थियौँ ।
तर अब सबैले एउटै ‘कमन चार्जर’ को प्रयोग गर्न थाल्नुपर्ने समय आएको छ ।
यो भनेको वातावरण र उपभोक्ता दुवैका लागि अत्यन्तै महत्वपूर्ण र आवश्यक निर्णय हुनेछ । ”
हाल युरोपसहित दुनियाँभरि नै प्रायः ती किसिमका चार्जर प्रयोगमा आइरहेका छन् तर अधिकांशले ती सबैको उपयोग गर्न सकिरहेका छैनन् किनकि एउटा डिभाइसलाई एउटा र अर्कोलाई अर्कै चार्जर चाहिने हुँदा यसले खेर जाने समस्या बढाएको छ ।
युरोपमा मात्र विद्युतीय डिभाइस खरिद गर्दा चार्जर सँगै नआउनाले त्यसमा वार्षिक २ .८ अर्ब डलर खर्च हुने गरेको छ ।
त्यसैले पनि सबै डिभाइसमा एकै समान चार्जर प्रयोग गर्न मिल्ने भयो भने यसले श्रोतसाधन र पैसा दुवैको खपत कम गराउनेछ ।
यसबारे एप्पलले समाधान खोज्ने बताइहेको छ । तर तुरुन्तै यसमा कडाइ गर्नुले युरोप मात्र नभएर दुनियाँभरका उपभोक्तालाई झनै नो’क्सान पुग्ने आफ्नो बयानमा बताएको हो ।एजेन्सी



