जेन्स बोन्ड सिरिज ‘नो टाइम टू डाई’ विना कैँची सेन्सरबाट पास
काल्पनिक ब्रिटिस सि’क्रेट एजेन्ट जेम्स बोन्डमाथि बनेका चलचित्रहरू संसारभरका दर्शकहरूले मनपराइरहेका छन् ।
यसकै पछिल्लो तथा अन्तिम जेम्स बोन्ड सिरिज ‘नो टाइम टू डाई’ को मंगलबार (२८ सेप्टेम्बर) मा रोयल अल्बर्ट हलमा प्रिमियर भएको छ ।
यो सिरिज बोल्ड एक्सन तथा महिलाहरूसँगको बोल्ड सिनका कारण पनि उत्तिकै चर्चामा आउने गर्दछ ।
सन् २०१५ मा रिलिज भएको यसको पछिल्लो सिरिज ‘स्पेक्टर’ मा सेन्सर बोर्डको कैँची २२ सेकेन्डको चुम्बन दृश्यमा चलेको थियो ।
जसका कारण जेम्स बोन्डका दर्शकहरू नि’राश र निकै आ’क्रोशित बनेका थिए ।
यतिसम्म कि प्रशंसकहरूले सामाजिक सञ्जालमा संस्कारी जेम्मस बोन्ड ट्रेन्ड नै चलाएका थिए ।
तर, योपटक भने जेम्स बोन्ड संस्कारी हुँदैन भन्दै भारतीय दर्शकहरू उत्साहित छन् ।
नवभारत टाइम्सका अनुसार ‘नो टाइम टू डाई’ बिना कुनै काँटछाँट सेन्सरबाट पास भएको छ ।
चलचित्र २० सेप्टेम्बरमा सेन्सर बोर्डबाट पास भएको हो ।
जम्मा १६३ मिनेट लामो जेम्स बोन्डको यो अहिले सम्मकै सबैभन्दा लामो सिरिज हो ।एजेन्सी



