पोखरा राइनोजले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकाले छ ।

त्रिवि क्रिकेट मैदानमा साविक विजेता टोली ललितपुर प्याट्रियट्सलाई पोखरा ९ विकेटले हराएको हो ।

ललितपुरले सात ओभरमा जितका लागि दिएको ५२ रनको लक्ष्य पोखराले ६ ओभर ३ बलमा १ विकेट गुमाउँदै ५५ रन बनायो ।

पोखराका लागि रिचर्ड लेभीले ३८ रनको योगदान गरे । २२ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै रित गोतमले १२ रन बनाए ।

यता, ललितपुरका लागि अजमउल्लाह ओमार्जीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनायो ।

ललितपुरका लागि सन्धु वेरकोडेले सर्वाधिक १९ रनको योगदान गरे ।

त्यस्तै ओसाडा फर्नान्डोले नट आउट १० रन बनाउँदा नारायण जोसीले ११ र पवन सरार्फले ५ रन बनाए ।

बलिङतर्फ पोखराका लागि नन्दन यादवले सर्वाधिक तीन विकेट लिए । त्यस्तै बिक्रम सोबले दुई विकेट लिए ।

दुई टोलीबीचको खेल सात ओभरमा घटाइएको थियो । आजको खेलमा जित निकाल्दै पोखराले २ खेलबाट ३ अंक जोडेको छ ।

पोखराले पहिलो खेलमा भैरहवा ग्लाडियटर्ससँग अंक बाँडेको थियो । यता, ललितपुरको यो लगातार दोस्रो हार हो ।