बुद्ध राईको “झर्छ आँसु” गीत सार्बजनिक
मुन्धुमस्टार डटकम- गायक तथा संगीतकार बुद्ध राईको स्वर रहेको “झर्छ आँसु” बोल रहेको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।
सुरेश बिरही मगरको शब्द र गायक बुद्धअ राई कै संगीत रहेको यो गीतको संगीत संयोजन सबिन लिम्बुले गरेका छ्न भने मिक्सिङ तथा मास्टरिङ साउण्ड ईजिनियर गोबिन्द शोनिले गरेका गरेका हुन।
स्टुडियो “मिरा साउण्ड” पुतली सडकमा रेकर्डिष्ट सुबाश कुथुमी राईले रेकर्ड गरेको यो आधुनिक गीतको स्टुडियो भर्सनको म्युजिक भिडीयो लाई सुमन मगरले छायांकन तथा सम्पादन गरेका छन।
गायक तथा संङ्गितकार बुद्ध राईको आफ्नै अफिसियल युट्युब च्यानल “Budda rai” अफिसियल युट्यूब च्यानलबाट आज सार्बजानिक भएको यो गीत निक्कै राम्रो बनेको छ।
दर्जनौं गीत हरुमा संङ्गीत र स्वर दिईसकेका गायक तथा संगीतकार राईले यस गीतलाई पनि श्रोता हरुले मनपराई दिने कुरामा आफू बिश्वस्त रहेको कुरा मुन्धुमस्टार डटकमलाई बताए।



