भारत र नेपालको मैत्रीपूर्ण खेल भारतले जित्यो
मुन्धुमस्टार
नेपाल र भारत मैत्रीपूर्ण खेल काठमाडौंको दशरथ रंगशालामा जारी खेल भारतले २-१ ले जितेको हो ।
नेपालाले १ गोल तेज तामाङले ८७ मिनेटमा गरेको हुन ।
यसअघि भारतका फारूख चौधरीले ६२ औं मिनेटमा गोल गरेका हुन्।
भारतका कप्तान सुनिल क्षेत्रीले नेपालविरूद्ध गोल गरेका हुन्।
काठमाडौंको दशरथ रंगशालामा जारी खेलमा भारतले नेपालविरूद्ध दोस्रो गोल गरेको छ।
भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले तीन परिवर्तन गरेको थियो।
अघिल्लो खेल खेलेका अन्जन विष्ट, सुमन अर्याल र नवयुग श्रेष्ठ आजको खेलमा पहिलो रोजाइमा छैनन्। सुजल श्रेष्ठ, मनिष डाँगी र आसिस लामाले पहिलो रोजाइमा स्थान पाएका छन्।
नेपाल र भारतले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्।



