नेपाल र भारतबीच भइरहेको मैत्रीपूर्ण खेलमा नेपालले सुरूवाती अग्रता लिएको छ। नेपालका लागि अन्जन विष्टले ३६ औं मिनेटमा गोल गरेका हुन्।

सिमित दर्शकको उपस्थितिमा भइरहेको खेलमा नेपाल सरकार र विश्व फुटबल महासङ्घ (फिफा)ले तोकेको सबै मापदण्ड पूरा गरेका दर्शकलाई मात्र मैदानमा प्रवेश गराइएको छ।

नेपालसित मैत्रीपूर्ण खेल खेल्न भारतीय टोली सोमबार काठमाडौं आइपुगेको  थियो।

मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोलीले नेपालसित दुई मैत्रीपूर्ण खेल्नेछ।