धेरैजसो मानिस पौष्टिक तथा महँगा खानेकुरा खाँदा पनि बिरामी हुन्छन्।

विज्ञहरुका अनुसार यदि मानिसहरु डाइट आफ्नो ब्लड ग्रुप अनुसार खाए शरीरलाई फाइदा पुग्दछ।

ब्लड ग्रुप अनुसार खाएका खानेकुराहरु मज्जाले पच्ने गर्दछ। हरेक रगत समुहको आफ्नै छुट्टै स्वभाव हुने गर्दछ।

यसमा हाम्रो खानपानसँगको सम्बन्ध जोडिएको हुन्छ। ब्लड ग्रुप ४ किसिमका हुन्छन्, ए, बि, एबि र ओ।

‘ओ’ ब्लड ग्रुप हुनेले के खाने ? ‘ओ’ ब्लड ग्रुप हुनेले धेरै प्रोटिन भएका खानेकुरा खानुपर्छ।

यसमा दाल, मासु, माछा, फलफुल आदि रहेका छन्।

आफ्नो खानामा अन्न, गेडागुड तथा फलफुल पनि सन्तुलित मात्रामा खानुपर्छ।

‘ए’ ब्लड ग्रुपले के खाने ? ‘ए’ ब्लड ग्रुप हुनेले आफ्नो डाइटमा हरियो सागपातसँगै टोफू, समुन्द्री खानेकुरा तथा विभिन्न किसिमका दालहरु खाने गर्नुपर्छ।

यो रगत समूह भएका मानिसहरुले ओलिभको तेल, दुधबाट बनेका खानेकुरा, मकै तथा सी फुडहरु मिलाएर खानुपर्छ।

‘ए’ ब्लड ग्रुप भएकाले के नखाने: विज्ञहरुका अनुसार ‘ए’ ब्लड ग्रुप भएका व्यक्तिहरुको रोगसंग लड्न सक्ने क्षमता ‘इम्यून सिस्टम’ एकदमै संबेदनशील हुन्छ।

त्यसैले उनीहरुले आफ्नो खानपानमा धेरै ध्यान दिनुपर्छ।

विज्ञहरुका सल्लाह अनुसार यस्ता व्यक्तिहरुले आफ्नो डाइटमा मासु नराख्दा पनि हुन्छ।

किनकी शरीरले मासु सजिलै पचाउन सक्दैन, त्यसैले चिकेन–मटन कम खाँदा राम्रो हुन्छ।

बी’ ब्लड ग्रुप भएकाले के खाने ? ‘बी’ ब्लड ग्रुप भएका व्यक्तिहरु एकदमै भाग्यमानी हुन्छन्। उनीहरुले डाइटमा सबै खानेकुराहरु खान सक्छन्।

तरकारी, फलफुल, माछा, मटन, चिकेन सबै खाँदा हुन्छ।

यो रगत समूहहरुको पाचन शक्ति एकदमै राम्रो हुन्छ। यसै कारण उनीहरुको शरीरमा बोसो त्यति जम्दैन।

यस्ता व्यक्तिहरुले दूधबाट भनेका खानेकुरा, अण्डा जति पनि खाँदा हुन्छ। तर सन्तुलित खानेकुरा भने खान जरुरी हुन्छ।

‘एबी’ ब्लड ग्रुप भए सन्तुलित डाइट खाने ? ‘एबी’ ब्लड ग्रुप धेरै कम मानिसहरुमा पाइन्छ।

जुन खानेकुरा ए र बी ग्रुपले खानु हुँदैन सोही खानेकुरा एबी ब्लड हुनेले पनि खानु हुँदैन।

यो रगत समूह भएकाहरुले तरकारी तथा फलफुलहरु धेरै खानुपर्छ।

उमेर बढेसँगै कतिपय व्यक्तिहरुलाई ब्लड प्रेसर वा मधुमेह जस्ता रोगहरु हुन सक्छ।

सबै रगत समूहका व्यक्तिहरुले चिकित्सकसँग डाइटबारे सल्लाह दिँदा राम्रो हुन्छ।