राखेप र सदस्यसचिवलाई सागमा भएको अनियमिताबारे आफ्ना धारणा दिना माग
नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भएको अनियमितताबारे राष्ट्रिय खेलकुद परिषद (राखेप) र सदस्यसचिव रमेश कुमार सिलवालको धारणा माग भएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघले शुक्रबार एक विज्ञप्ति निकाल्दै १३ औं सागमा भ्रष्टाचारजन्य कार्यहरु भएको देखिएको भन्दै राखेप र सदस्यसचिवको धारणा सार्वजनिक गर्न माग गरेको हो ।
महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले अघिल्लो साता महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले १३ औं सागमा खेल सामान खरिदमा आर्थिक अनियमितता भएको देखाएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत गरिएको वार्षिक प्रतिवेदन अनुसार साग खेलकुदमा ६ गुणासम्म लागत अनुमान गरेर खेल सामाग्री खरिद गरिएको भन्दै प्रश्न उठाइएको थियो ।
“सागको विषयमा नेपाल सरकारको आधिकारीक निकाय महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका आधारमा नेपाली खेलकुदमा लाग्ने जो कोहि खेलाडी, खेलकर्मी अनि खेलसंस्थामा आवद्ध व्यक्तिहरु समाजमा शिर उँचो पारेर हिड्ने अवस्था कसरी बन्न सक्छ ?
यस प्रकारको भ्रष्टाचारजन्य कार्यहरु भएको प्रतिवदेन सार्वजनिक भइसकेपछि राखेप र सदस्यसचिवज्यूको धारणा अनिवार्य थियो ।
तर, प्रतिवेदन सार्वजनिक भएको यो अवस्थासम्म न कुनै धारणा न कुनै प्रतिक्रिया निर्लज्ज नेतृत्वका रुपमा खेलकुद झनै बदनाम बनाउने प्रपञ्च तर्फ सदस्यसचिवज्यू लगायतका व्यक्तिहरु नियोजित लागिरहनु भइरहेको त होइन ?
संघका महासचिव सुबोध प्रधानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



