नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षक पद छाड्ने संकेत गरेका छन् ।

फुटबल विवादका बारेमा छानबिन समितिले बुधबार प्रतिवेदन बुझाएसँगै अलमुताइरीले नेपाल छाड्ने संकेत गरेका हुन् ।

वरिष्ठ उपाध्यक्ष पङ्कज नेम्वाङसँगको विवादको प्रतिवेदन सार्वजनिक भएसँगै अलमुताइरीको आफ्नो भनाइ राखेका हुन् ।

उनले सामाजित सञ्जाल फेसबुकमार्फत् आफू बाहिरिएको बताएका छन् ।

उनले लेखेका छन्, “म बाहिरिएँ, अब राजनीतिलाई काम गर्न देऊ ।”

छानबि समितिले अलमुताइरीले राजीनामा सम्बन्धी लेखेको पोस्टलाई आफ्नो फेसबुकबाट हटाउन निर्देशन दिएको छ ।

त्यसका साथै समितिले उनलाई एन्फाका पदाधिकारीसँगको कुनै कुरामा धारणा नराख्न पनि सुझाएको छ ।

‘म बाहिरिएँ, अब राजनीतिलाई काम गर्न देऊ’ भन्दै अलमुताइरी प्रशिक्षकबाट बाहिरिने संकेत