अण्डा भित्र भएकाे रगतको थोप्ला के हो ? यस्तो अन्डा खान मिल्छ कि मिल्दैन ?
बिहानको नास्ताका लागि यदि कुनै खानेकुरा खोज्ने हो भने सबैभन्दा पहिला अण्डाकै नाम आउँछ ।
विश्वमा नै बिहानको नास्ताका लागि स्वस्थबर्धक नास्ताको विकल्पमा अण्डालाई लिइन्छ ।
अण्डा स्वस्थबर्धकमात्रै नभइ स्वादिलो पनि हुन्छ । यसलाई फ्राइ, अमलेट, करीलगायत जस्तो सुकै तरिकाबाट विभिन्न परिकार बनाएर खान सकिन्छ ।
तर यति हुँदाहुँदै पनि हिजोआज प्रदुषण तथा मिसावटको प्रभाव हरेक चिजमा पर्न थालेको छ । र, यसमा अण्डा पनि अछुतो छैन ।
तपाईंले अण्डाको रानी अर्थात पहेलो भागमा रातो दाग वा रगतको थोपा जस्तो देख्नु भएको होला ।
मानिसहरुले यस्तो देखेमा बिग्रिएको अण्डा भन्ने ठानेर फाल्दिने गर्छन् । तर जानी राख्नुहोस्, अण्डामा यस किसिमको रगतको थोपा हुन्छ ।
रगत भन्ने बित्तिकै सबैलाई एक किसिमको त्रास हुन्छ । वास्तवमै यस्ता किसिमको अण्डा खानु हुन्छ त ?
कसरी आउँछ अण्डामा रगत : यदि तपाईंलाई अण्डा मन पर्छ भने यस्ता कुराले तपाईंको मनमा न’कारात्मक सोच आउन सक्छ ।
तर वास्तविकता बुझ्ने हो भने अण्डामा रगतको थोप्ला हुन्छ नै । कुखुराको शरीरमा अण्डा विकास हुने प्रक्रियाको क्रममा प्राकृतिक रुपमा नै रगतको थोप्ला परेको हुन्छ ।
अण्डाको पहेलो भागमा देखिने रगतको थोप्ला प्राकृतिक रुपमा नै आउने भएकाले बिग्रिएको अण्डा भन्ने भ्रम त्याग्नुहोस् ।
के यस्ता अण्डा खान मिल्छ ? धेरैजसो मानिस यस्ता अण्डालाई बिग्रिएको ठानेर फाल्दिने गर्छन् ।
युनाइटेड स्टेट्स डिपार्टमेन्छ अफ एग्रिकल्चर (युएसडीए) को एक रिपोर्टअनुसार यस्ता अण्डालाई राम्रोसँग पकाएर खाँदा हुनै असर गर्दैन ।
तर, राम्रोसँग नपकाउने हो भने साल्मोनेलोसिसको ख’तरा हुनेछ । जुन साल्मोनेला ब्याक्टेरियाका कारण हुन्छ ।
यसले पेटमा दुखाई, झाडापखला तथा रुघाँखोकी जस्ता विभिन्न स्वास्थ्यमा समस्या आउनेछ ।
अण्डा बिग्रिएको छ छैन यसरी थाहा पाउनुहोस् तपाईं अण्डा राम्रो छ वा छैन भन्ने थाहा पाउन चाहनु हुन्छ भने त्यसलाई फुटाउनुहोस् ।
यदि अण्डाको रंग हल्का हरियो वा गुलाबी देखियो भने त्यसलाई नखानुहोस् ।
त्यस्तो अण्डा बिग्रिएको हुन्छ । अण्डा राम्रो छ वा छैन भन्ने जाँच गर्नलाई एउटा भाडो वा बोलमा चिसो पानी राख्नुहोस् ।
त्यसमा अण्डा हाल्नुहोस्, यदि अण्डा पानीमा डुब्यो भने खानलाई उपयुक्त छ भन्ने जान्नुहोस् । पानीमा अण्डा तैरियो भने बिग्रिएको छ भन्ने जान्नुहोस् ।



