‘ख्यास्स पुतली’ का कारण पून: वि’वादमा गायक दुर्गेश थापा
महिलाहरुको महानपर्व हरितालिका तीज नजिकिएसँगै गायक दुर्गेश थापा पून: वि’वादमा तानिएका छन्।
उनको नयाँ तीज गीत ‘ख्यास्स पुतली’ युट्युव रिलिज भएको एकसातामै वि’वादमा तानिएको हो।
आफ्नो अघिल्लो गीत ‘बीच्च बीच्चमा’को चौंथो सिरिजको रुपमा दुर्गेशले यो गीत बजारमा ल्याएका थिए ।
उक्त गीतमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आ’पत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ।
प्रतिष्ठान अन्तर्गत गठित विकृति विसंगति न्यूनीकरण समितिले गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स पुतली’ आ’पत्तिजनक रहेको भन्दै शब्दहरु फेरबदल गर्न ध्यानाकर्षण गराएको छ ।
पैसा र चर्चाभन्दा कलाकारितामा नैतिकता र इमान्दारिता महत्वपूर्ण हुने भन्दै प्रतिष्ठानले ध्यानाकर्षण भएको जनाएको छ।
तर, गायक थापाले आफूले गीत नहटाउने र शब्दहरु फेरबदल गर्ने अडान लिएका छन् ।
जुलाई २३ मा रिलिज भएको उक्त गीत दुर्गेशकै संगीत, शब्द र आवाजमा रेकर्ड भएको हो।
युट्युवमा शुक्रबारसम्म ११ लाखभन्दा बढीले यसलाई हेरेका छन्। अघिल्लो वर्ष पनि तीज गीतकै कारणले यनी वि’वादमा तानिएका थिए ।




