कर्णराज भ्वाइस अफ नेपालबाट बाहिरिए
मुन्धुमस्टार
अन्तिम १० को प्रतिस्पर्धामा कर्णराज गिरी रियालिटी शो द भ्वाइस अफ नेपालबाट बाहिरिएका छन्।
ट्याक्सी चलाउँदै आएकार गिरीले औपचारिक रुपमा संगीत नसिकेपनि उत्कृष्ट गायनका आधारमा जजहरुले निकै तारिफ गर्ने गरेका थिए।
अन्तिम १० को प्रतिस्पर्धामा सबैभन्दा कम भोट पाएका सर्लाहीका गिरी टप ११ बाटै बाहिरिएका हुन्।
उनले नकाउट राउण्डमा सागर हमाल र सुरक्षा सेञ्चुरीसँग प्रतिस्पर्धा गरेका थिए । कर्णराज कोच तृष्णाको टिममा थिए।
यो शोमा दीप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल, तृष्णा गुरुङ कोचको रुपमा रहेका छन् । यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजे हिमालय टीभी एचडीमा प्रशारण हुँदै आएको छ ।



