स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो लहर आउन सक्ने भन्दै अक्सिजन, शय्यालगायत पूर्वाधार तथा सेवाहरु चुस्त–दुरुस्त राख्न अस्पतालहरुलाई आग्रह गरेको छ ।

सम्भावित तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य संस्थाहरुलाई तयारीमा रहन मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले पछिल्लो समय अपेक्षाकृत कोभिड–१९ को संक्रमण नघट्नुलाई तेस्रो लहरको जोखिमको रुपमा जनाएको छ ।

पछिल्लो एक हप्तामा नेपालका विभिन्न जिल्लामा संक्रमणदर बढ्दो देखिएकाले जनस्वास्थ्यका मापदण्ड पालनामा ध्यान दिन पनि मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

पछिल्लो साता नेपालका १० जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ भने २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।

तेस्रो लहरको जो’खिम छ, पूर्वतयारी गर्नू होला – स्वास्थ्य मन्त्रालय