रोएको तरिकाबाट उज्जवला पादुकोणले पत्ता लगाइन् दीपिकाको डिप्रेसन
दीपिका पादुकोण अहिले बलिउडकी अब्बल अभिनेत्रीमा पर्छिन् ।
उनका थुप्रै चलचित्रहरु सुपरहिट भएका छन् । अहिले उनी करियर र व्यक्तिगत दुवै जीवनमा खुसी र सफल छिन् ।
तर, कुनै समय त्यस्तो थियो, दीपिका आफ्नो जीवनदेखि हरेस खाएकी थिइन् ।
उनी भित्रभित्रै टुटिसकेकी थिइन् । दीपिकाको त्यो समस्या उनकी आमाले पत्ता लगाएकी थिइन् ।
उनले आफ्नी छोरीमा भएको मा’नसिक तना’व (डि’प्रेसन)लाई पत्ता मात्रै लगाइनन्, उनलाई त्यो द’लदलबाट उम्किन पनि मद्दत गरिन् ।
हालै ‘भ्वाइस च्याट रुम’ सेसनको क्रममा अभिनेत्री पादुकोणले आफ्नो डि’प्रेसनका दिन याद गरेकी छिन् ।
“मेरी आमा उज्जवला पादुकोणले म रुने तरिका देखेर यो काममा त’नाव, सामान्य प्रेम वा ब्रेकअपको कारण नभई अलि ठूलै समस्या भएको पत्ता लगाएकी थिइन,” उनले बताइन् ।
उनी सन् २०१४ देखि डिप्रेसनको सिकार बनेको दीपिकाले जानकारी दिइन् ।
त्यो समय उनी निकै नि’राश थिइन् । आमाले आफ्नो समस्याबारे थाहा पाएको बताउँदै उनले भनिन्, “त्यो बेला मेरो परिवार मलाई भेट्न मुम्बई आएको थियो ।
केही समय बसेर घर फर्किन आफ्नो ब्याग प्याक गरिरहँदा म उहाँहरुको कोठामा गएर अचानक रुन लागेँ ।
म रोएको देखेर आमाले म कुनै समस्यामा छु भनेर थाहा पाउनुभयो । आमाले के भयो भनेर सोध्नुभयो, तर मैले केही भन्नै सकिनँ ।
तर, मेरी आमाको अनुभव र प्रिजेन्स अफ माइन्ड नै थियो, जसले मलाई यो समस्याबाट निकालिदियो ।” दीपिका अहिले पनि त्यो दिन सम्झेर ड’राउने गर्छिन् ।
एजेन्सी



