गुणस्तरीय र विश्वसनीय समाचार लेख्न आग्रह
मुन्धुमस्टार
राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य माधव वि’द्रोहीले विश्वसनीय र गुणस्तरीय समाचार लेख्न समाचारदातालाई आग्रह गरेका छन् ।
समितिको झापा कार्यालयले शुक्रबार आयोजना गरेको समाचारदातासँगको छलफलमा उनले घटनापरक समाचारभन्दा खोजमूलक, सकारात्मक सन्देश प्रवाह गर्ने तथा सन्तुलित समाचारमा ध्यान दिन राससका स्थानीय समाचारदातालाई निर्देशन दिएका हुन्।
“समाचारदाताको मूल्याङ्कन गर्ने आधार नै उसले लेखेको समाचार हो”, उनले भने, “छिटो सूचना प्रवाह गर्ने बहानामा सत्यतथ्यलाई तोडमोड गर्नुहुँदैन ।”
कार्यक्रममा रासस झापा कार्यालय प्रमुख चन्द्रकला भण्डारीले कार्यालयले गरिरहेको कामका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा स्थानीय समाचारदाताले समाचारबाटै बाँच्न सक्ने गरी पारिश्रमिक वृद्धि गर्न पहल हुनुपर्ने भनाइ राखेका थिए। रासस



