काठमाण्डौ – ‘खेलौं न जुहारी’ पूर्बेली लोक भाकाको गीत सार्वजनिक भएको छ ।

‘खेलौं न जुहारी’ गीतको भिडियो किङ स्टुडियोको युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यस गीतमा युवा गायक शुभम चाम्लीङ राई र सुजिता योन्जनको स्वर रहेको छ ।

भ्वईज अफ नेपाल सिजन ३ बाट चर्चामा आएकी लजालु गायिका सुजिता योन्जन हुन ।

प्रस्तुत गीतमा गीतकार बिमल खेवाछली शुलभको शब्द, मनोज साङसोन राईको संगीत र संगीत संयोजन रहेको छ ।

यस गीतमा हाट-बजार, मेलापात र गाउँघरको माया प्रेमलाई गहिरो तरिकाले गीतमार्फत उजागर गर्न खोजिएको छ । नेपालको पूर्बको जिबन दु:ख सुख बिसाउने, प्रकृती र जिन्दगी काट्ने प्रेम, हासखेल ठटटा र जीबनको प्रेमलाई जिबन्त समर्पण गीतमार्फत देखाउन खोजिएको छ ।

‘खेलौं न जुहारी’ गीतलाई भिडियो छायाङकन अशोक राईले गरेका हुन । त्यस्तैगरी भिडियो सम्पादन अशोक राईले नै गरेको हुन ।

‘खेलौं न जुहारी’ गीतलाई रेकर्डिङ सुरेश राई र मनोज साङसोन राईले गरेको हुन । त्यस्तैगरी मिक्सिङ राजु कार्कीले गरेको हो ।