खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ११ राजा पानी निवासी कर्पर खेलाडी दिनेश सुनार अमेरिका बाट पाँचौँ कर्पर विश्व कीर्तिमानी चुम्नु सफल भएका छन् ।

खोटाङको अति विकट गाउँ खाम् तेलमा डाँडाका जन्मेका दिनेश नेपालको नाम विश्वमा चिनाउदै कर्पर खेलाडीको रूपमा आफ्नो र देशको नाम इतिहास रच्न सफल भएका छन् ।

सानै छदा उफ्रिनु र कुद्नुमा अब्बल उनी चार पटकको ‘गिजिन बुक अफ वर्ल्ड रेकर्डमा आफ्नै रेकर्ड तोड्दै पाँचौँ पटक नाम लेखाउन सफल भएकाछ्न ।

खोटाङ जिल्लाको विकट कामी डाँडा गाउँमा जन्मेका दिनेश सुनार, पूर्व प्रहरीमा कार्यरत थिए आफ्नो खेललाई थप सशक्त बनाउने आफ्नो परिचय, समुदाय र राष्ट्रको नामलाई विश्वमा उचाइमा पुर्याउने उद्देश्यले प्रहरीको जागिर बाट राजीनामा दिई हिँडेका थिए।

उनी अहिले अमेरिकामा कर्पर खेल बाट पाचौं बिश्वमानी रेकर्ड चुम्नु सफल दिनेश सुनारलाई पूर्वी नेपालको पहाडी जिल्ला खोटाङको हलेसी चुवाचुङ ११ राजा पानी कामी डाँडामा बाबु विर्खबहादुर सुनार र आमा रीता सुनारको जेठो छोरा दिनेश गाउँमा सानैदेखि उफ्रिने उल्टी मार्ने गर्दै पछि कर्पर खेलाडीका रूपमा आफलाइ विश्वका सामु चिनाउनु सफल भएका हुन।

नेपाली पार्क दिनेश सुनारले पाँचौँ पटक गिजिन बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका उनले पार्क खेलकै अर्को विधामा उनले विश्व रेकर्ड कायम गरेका हुन् ।

यसअघि चार पटकसम्म विश्व कीर्तिमान राखिसकेका सुनारले ३० सेकन्डमा १३ पटकसम्म ‘फुल ट्विस्ट ब्याक फ्लिप’ गरेर पाँचौँ पटक वर्ल्ड रेकर्ड कायम गर्न सफल भएका हुन् ।

कर्पर खेलाडी दिनेश सुनार उनको यहि कलाका कारणले फिल्म क्षेत्रमामा पनि उनको माग बढ्दो भएको र अझै बढ्ने देखिएको छ ।

सुनारले ‘मस्ट ट्वि’स्टिङ व्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलमा पहिलो पटक गिजिन बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएका दिनेशले गिजिन बुकमा नाम दर्ता गराउन ‘न्यूनतम १५ पटकसम्म गर्नुपर्ने उल्लेख थियो।

तर उनले १८ पटकसम्म गरेको थिएँ’ भने निरन्तरको रेकर्ड हासिल गर्दै पछिल्लो पटक जपी फाउन्डेसन र ब्यालेन्स ग्रुप अफ कम्पनी अमेरिकाको संयुक्त सहकार्यमा न्युयोर्कमा सुनारले पाँचौँ पटक नाम लेखाउनका लागि पार्क खेलमा नै प्रयास गरेका थिए ।

भ्रमण बर्षको प्रचार गर्दै गएको जनवरीमा भ’र्जिनियाँमा सुनारले ‘द मस्ट ब्याकवार्डस समरसल्टस अगेन्स्ट अन ट्रयापोलाइन इन वान आवर इ’न्डिभिज्युअल’मा ४६० पटक गरी विश्व रेकर्ड कायम गरेका हुन।