शनिबारदेखि लागू हुनेगरि रियलमी–७ र रियलमी सी–१२को मूल्य घट्यो
रियलमी–७ र रियलमी सी–१२को मूल्य घटेको छ। रियलमीले शनिबारदेखि लागू हुनेगरि दुई फोनको मूल्य घटाएको हो।
रियलमी–सी १२ मा ६ .५ इञ्चको डिस्प्ले दिएको छ।
६ हजार एमएएच मेगा ब्याट्री भएको यो फोनमा एकपटकको चार्जमा ६० घण्टाभन्दा बढी निरन्तरको स्पाटिफाई प्लेब्याक, २८ घण्टासम्म निरन्तर युट्युब र स्ट्यान्डबाइ ५७ दिनसम्म रहन्छ।
गुणस्तरीय फोटोका लागि पछाडि तीन क्यामरा छ। रियलमी–७ मा मुख्य गरी फोटोग्राफीलाई जोड दिएको छ।
यसमा चार क्यामरा छन्। ६४ मेगापिक्सलको मुख्य लेन्स छ। ५ हजार एमएएच ब्याट्रीका साथै, ३० वाटको फास्टचार्ज सुविधा दिएको छ।
जसले २६ मिनेटमा ५० प्रतिशत चार्ज हुन सघाउँछ। मूल्य घटेपछि रियलमी–७ ३२ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।
जसमा ८ जिबी र्याम र १२८ जिबी स्टोरेज छ। त्यसैगरी रियलमी सी–१२ १४ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ। यसमा ३ जिबी र्याम ३२ जिबी स्टोरेज छ।



