कमजोर रक्त संचार भनेको के हो ? यसले शरिरमा के कस्ता समस्या हुन्छन ?
शरीरमा क’मजोर रक्त संचार भएमा छेपारी वा खुट्टाको पिडुला दुख्ने, छेपारी फर्किने, पिँडुला बाटिरिएर थाम्नै नसक्ने हुने, खुट्टाको पिँडुला दुख्ने, हातको औलाहरु नचल्ने जस्ता समस्या देखिने गर्छ।
क’मजोर रक्तसंचार हुँदा हुने सबै स’मस्याको बारेमा तल विस्तृत रुपमा बताएको छ।
क’मजोर रक्त संचारको लक्षणहरु स्हातखुट्टाले काम नगर्ने,हातखुट्टामा सुइले चस्स घोचेको जस्तो हुने,थकान महसुस हुने,औंला सिधा बनाउदा कुनै औला सिधा नहुने,औंला तथा हात थरर काम्ने,पिँडुला दुख्ने,पिँडुला बटारिने,खुट्टाका नसा फुल्लिने,खुट्टामा भएका नसा बटारिने,हातखुट्टा चिसो भइरहरने,खुट्टाको गोली गाँठो सुन्निने,खुट्टाको औंला सुन्निने,हातका औला सुन्निने,जोर्नीहरु माँसपेसी दुख्ने,खुट्टामा सानातिना छालाको घाउ निस्किने जस्ता अनेक स’मस्याहरु क’मजोर रक्तसंचारको कारणले हुन्छ ।
रक्त संचार क’मजोर हुनुको मतलब शरीरको हरेक अंग-अंगमा प्रयाप्त रगत प्रवाह नहुनु भन्ने बुझिन्छ। क’मजोर रक्तसंचार भएपछि शरीरको सबै अंगहरुमा असर पार्छ । धेरै जसो खुट्टामा हातमा यसको स’मस्या देखिन्छ ।
क’मजोर रक्तसंचारको लक्षणहरु प्राय ध्यान नदिइने, वास्ता नलाग्ने र अनेक प्रकारको लक्षणहरु हुन्छन।
यसकारण हामी यस बारेमा खासै ध्यान दिंदैनौं। तर यी लक्षणहरूलाई भने ग’म्भिर लक्षणको रुपमा लिनु पर्ने हुन्छ ।
कसैको खुट्टाको पिडुला तिर रगत जम्छ यस्तो हुँदा खुटा पोल्ने, झमझमाउने जस्ता लक्षणहरू देखिने हुन्छन ।
शरीरको सबै भागमा प्रसस्त रगत प्रवाह हुनबाट रोकिएमा वा पुग्नुपर्ने जति रगत शरीर भरी पुग्न नसकेमा हामीलाई यस्तो किसिमका समस्या हुने गर्छ।
रक्तसंचार आंशिक रुपमा अ’वरोध हुने कारण रगतले शरीर भरी प्रसस्त अक्सिजन पुर्याउन सक्दैन र हामीलाई विभिन्न किसिमका समस्याहरु आउने हुन्छ। रक्तसंचारमा अ’वरोध आउने मुख्य कारणहरु यस्ता छन्।
मधुमेहको कारण,मुटु धमनीको रोगको कारण,नसा बटारिने कारण,रगत बाक्लिने कारण,नर्भहरु ड्यामेज हुने कारण,कोशीकाहरु ड्यामेज हुने कारण,रगतजम्ने कारण,नसा फुल्ने कारण,भेरिकोस भेन फुल्ने समस्या भएमा,लामो समय जुत्ता लगाएमा (कारण),लामो समय बसिराखेमा वा पलेटी कसेर धेरै बेर बसेमा (सामान्य कारण),कोलेस्ट्रोल बढेमायि बाहेक पनि रक्तसंचारमा अवरोध आउने मेडिकल कारणहरु विविध रहेका हुन्छन।
प्राय धेरैको खुट्टा तिर, पाखुरा तिर रगत जम्ने समस्या हुने गर्छ । यसरी रगत जमेको थाहा पाउना साथ उपचार गर्नुपर्छ । रगत जम्ने कारणहरु धेरै हुन्छन्।
रगत जम्ने समस्या फैलदै शरीरको अन्य अंगहरु तिर गएमा निकै जो’खिमपूर्ण अवस्था आउन सक्छ ।
कसैको नसाहरु बटारिएर रक्तसँचार राम्रो हुन पाउदैन र खु्टटा दुख्ने, सुन्निने हुन्छ । कसैलाई खुट्टा तिर आउने रगतको धमनी नै साँगुरो भएमा खुट्टाको भागतिर रगत प्रयाप्त मात्रामा जान पाउदैन र मांसपेशी दुख्ने, पिडुला दुख्ने, पिडुला बटारिने जस्ता समस्या देखिने हुन्छ। कसैमा भेरिकोस भेन फुल्ने स’मस्या हुन्छ ।
भेरिकोस भेन फुल्ने स’मस्याको कारण पनि रक्तसंचार राम्रो सँग हुन पाउदैन र खुट्टा दुख्ने, खुट्टा सुन्निने आदि जस्ता समस्या हुन्छ ।
भेरिकोस भेनको समस्या उमेर बढ्दै गएपछि देखिने हुन्छ।धेरै पसिना आउने मानिसको शरीरमा रहेको इलेक्ट्रोर्लाइटको मात्रा घटेमा पनि पिडुला दुख्ने, पिडुला बटारिने गर्छ।
रक्त संचार कमजोर हुनबाट कसरी बच्ने ?
यो स’मस्याबाट बच्नको लागी मोटोपन बढ्न दिनु हुँदैन । धेरै मोटो हुनु हुँदा रगतमा धेरै बोसो जम्न थाल्यो भने,रगत बाक्लो हुन थाल्यो भने नसाबाट रगत राम्ररी संचार हुन सक्दैन।
चुरोट खानेहरुको पनि खुट्टा पिँडुला दुख्ने स’मस्या हुन्छ त्यसैले चुरोट खान छोडनु उत्तम हुनेछ । भिटामिन सी जन्य अमिला फलफुलहरु धेरै खाइरहनु पर्छ ।
भिटामिन सी ले शरीरमा रक्त फ्लो बढाउन र रगत पातलो बनाउन मदत गर्दछ। जडिबुटीको तेलहरु लगाएर नियमित मालिस गर्नुपर्छ, तातो नुन पानीले सेक्ने गरेमा पनि ठिक हुनेछ।



