काठमाण्डौ – गीतकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’को गीत ‘नशालु छ यो रात’ शिर्षक अन्तर्गत नेपाली चलचित्र ‘रिभेन्ज’ को नयाँ गीत सार्वजनिक भएको छ ।

‘नशालु छ यो रात’ गीतको भिडियो ओएसआर डिजिटल  युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यस गीतमा युवा गायक दिपक घिमिरे, दिलु श्रेष्ठको स्वर रहेको छ ।

‘नशालु छ यो रात’ गीतमा गीतकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’को शब्द, संगीतकार राजु लामाको संगीत रहेको छ ।

यस गीतमा जवानीको आवेग कसरी पोखिन्छ, मायालाई गहिरो तरिकाले सम्झिएर उजागर गर्न खोजिएको छ । जिबनको माया प्रेमा रमाउने जिन्दगी काट्ने एक प्रेमीलाई जिबन्त समर्पण गीतमार्फत देखाउन खोजिएको छ ।

‘नशालु छ यो रात’ गीतलाई भिडियो छायाङकन दुकृष्ण पाण्डेले गरेका हुन । त्यस्तैगरी भिडियो सम्पादन बिश्वास भण्डारीले गरेको हुन ।

रिभेन्ज चलचित्रमा रबिन श्री, पुस्पराज नेपाल, खगेन्द्र घिमिरे, रोशन बिसि, विशाल अग्रवाल, पदम सुनार, रेनु थापा, गङा कुवर, अम्बिका खड्काको अभिनय जोडदार देख्न सकिन्छ ।

बिन श्री र माया चाहरलाई फिचरिङ गरिएको गीतमा  अमन कुमार देव र पुष्पराज नेपाल निर्माता रहेको छन भने यस गीतको निर्देशन शंकर अधिकारी ‘घायल’ले गरेको हुन ।