प्रायः होटलमा पाइने परिकार म:म, चाउमिन, चाउचाउ, विस्कुट, ब्रेड, रोटी सबै मैदाजन्य हुन् ।

मैदाको प्रयोग घरको भान्सामा समेत हुने गरेको छ । तर स्वादिलो मैदा स्वस्थ्यका लागि भने हानिकारक हुन्छ ।

आटाकै कच्चा पदार्थ गहुँबाट बन्ने मैदा बन्दा यसमा रहेको पोषक तत्व पूर्णत नष्ट हुन्छ ।

मैदा बनाउन गहुँलाई राम्ररी धोइन्छ र यसको बोक्रा पूर्ण रुपले हटाइन्छ ।

त्यसपछि मैदालाई सेतो एवम् सफा देखाउन बेन्जोइल पेरोअक्साइड नामक रसायन हालिन्छ र यसलाई मसिनो गरी पिसिन्छ ।

जसका कारण गहुँमा रहेको फाइबर नष्ट हुन्छ र मैदा हानिकारक बन्दछ ।

स्वास्थ्यका लागि बेन्जोइल पेरोअक्साइड नामक रसायन अस्वस्थ्यकर मानिन्छ । यसले क्यान्सरसम्मको जोखिम निम्त्याउँन सक्छ ।

यसरी पूर्णत फाइबर नभएको मैदा वा मैदाजन्य पदार्थ सेवन गरेमा हाम्रो पाचन यन्त्रलाई पचाउन गाह्रो हुन्छ ।

राम्ररी नपच्ने भएकाले मैदाको कतिपय अंश आन्द्रामा टाँसिन्छ र यसैले कतिपय रोग निम्त्याउँछ ।

यस्ता छन् मैदा सेवनबाट हुने हानी

१. प्रतिरोधात्मक क्षमता घट्छ : मैदाजन्य परिकारको सेवनले शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ ।

यस्तोमा बिभिन्न रोगले गाँज्ने गर्दछ । मैदाजन्य पदार्थ सेवनले पटक पटक बिमारी हुने खतरा रहन्छ ।

२. मुटु र जोर्नीको समस्या : मैदाजन्य खानेकुराले ब्लड सुगर स्तर बढ्द र रगतमा ग्लुकोज जम्न थाल्दछ ।

फलस्वरुप शरीरमा रसायनिक प्रतिक्रिया हुन्छ र मुटुको समस्या वा जोर्नीको समस्या आउन सक्छ ।

३. पेटमा असर : मैदा वा मैदाबाट बनेको परिकार पेटकालागि प्रतिकुल हुन्छ ।

फाइबर नहुने भएकाले मैदामा पेटकालागि हानिकारक हुन्छ । यसले कब्जियत लगायतको समस्या आउन सक्छ ।

४ . मोटोपन : नियमित मैदाजन्य पदार्थ खाने व्यक्तिको मोटोपन बढ्दछ । साथै यसको अधिक सेवनले शरीरमा कोलोस्ट्रोलको स्तर बढ्दछ ।

५ .फुड एलर्जी : मैदा मुलायम र लचिलो हुनुको कारण यसमा ग्लूटन बढी हुनु नै हो । यसले फूड एलर्जी पैदा गर्छ ।