पेरुलाई हराउदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा
मुन्धुमस्टार
ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेका छ ।
घरेलु टोली ब्राजिलले पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै आफूलाई उपाधि नजिक पुर्याएको हो ।
सोमबार भएको पहिलो सेमिफाइनल खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिलको ओलम्पिक स्टेडियममा भएको खेलमा ब्राजिललाई जित दिलाउन लुकास पाक्केटाले निर्णायक गोल गरे ।
खेलको ३५ औं मिनेटमा लुकासले गरेको गोल नै टिमलाई जित दिलाउन पर्याप्त भयो ।
नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका थिए ।
ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो सेमिफाइनलको खेल भोलि बिहान हुनेछ । ब्राजिल साविकको विजेता टोली पनि हो ।
ब्राजिलले गत सिजनको फाइनलमा चिलीलाई हराएको थियो ।



