एजेन्सी: कोपा अमेरिका-२०२१ अन्तर्गतको क्वाटरफाइनलका अन्तिम दुई खेल आईतबार हुँदैछन्।

आईतबार बिहान पहिलो क्वाटरफाइनलमा उरुग्वे र कोलोम्बिया तथा दोस्रो खेलमा अर्जेन्टिना र इक्वेडर प्रतिस्पर्धा गर्दैछन्।

उरुग्वे र कोलोम्बियाको खेल शनिबार बिहान ३:४५ बजे सुरु हुनेछ।  त्यस्तै, उपाधि दाबेदार मानिएको अर्जेन्टिना र इक्वेडरको खेल ६:४५ बजे सुरू हुनेछ।

उरुग्वे समूह चरणमा खेलेका चार मध्ये दुई खेलमा जित निकाल्दा एक खेलमा बराबरी र एक खेलमा पराजित भएको थियो। तालिकामा कुल ७ अंकसहित दोस्रो हुँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको थियो।

पहिलो खेलमा अर्जेन्टिनासँग हारेको उरुग्वे दोस्रो खेलमा चिलीसंग बराबरी खेलेको थियो। त्यसपछिका दुई खेलमा पाराग्वे र बोलिभियालाई हराएको थियो।

कोलोम्बिया भने समूह ‘बी’ मा तेस्रो हुँदै अन्तिम आठमा पुगेको हो। उसले एक जित, एक बराबरी र दुई हारबाट चार अंक जोड्दै अन्तिम आठमा पुगेको हो।

दुई टिमबीच अहिलेसम्म भएका ४३ भिडन्तमा उरुग्वेले २० खेलमा जित हात पारेको छ। जसमा कोलोम्बियाले १३ खेलमा जित हात पार्दा १० खेल बराबरीमा सकिएका छन्।

त्यस्तै, समूह ‘ए’ मा रहेको अर्जेन्टिनाले चार खेलबाट १० अंक जोड्दै अंक तालिकामा शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो। उसले तीन खेलमा जित र एक खेलमा बराबरी खेलेको थियो।

अर्जेन्टिनाले पहिले खेलमा चिलीसंग बराबरी खेलेको थियो। त्यसपछि समूह चरणका सबै तीन खेलमा जित हासिल गरेको थियो।

समूह ‘बी’मा रहेको इक्वेडरले ४ खेलबाट ३ अंक जोड्दै अंक तालिकामा चौथो हुँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो। उसले तीन खेलमा बराबरी र एक खेलमा हार व्यहोरेको थियो।

दुई टिमबीच अहिलेसम्म भएका ३६ भिडन्तमा अर्जेन्टिनाले २१ खेलमा जित हात पारेको छ। जसमा कोलोम्बियाले ५ खेलमा जित हात पार्दा १० खेल बराबरीमा सकिएका छन्।

तेस्रो स्थान :
१० जुलाई, शनिबार : सेमिफाइनलमा पराजित टोली – विहान ५:४५ बजे
फाइनल :
११ जुलाई, आइतबार : सेमिफाइनलका विजेताबीच – विहान ५:४५ बजे