अमेरिकन पप गायिका ब्रिटनी स्पियर्सले बुबाको संरक्षणबाट मुक्ति पाउन अदालतमा निवेदन पेश गरेकी थिइन् । जसको पक्षमा अन्तर्राष्ट्रिय मनोरञ्जन क्षेत्र ब्रिटनीको आवाज उठाइहेको छ ।

तर कानुनले भने ब्रिटनीको अनुरोधलाई अस्वीकार गरेको छ । न्यायाधीशले ब्रिटनीको आफ्नो बुबाको कन्जर्भेटोरसिपबाट राहतका लागि गरेको अनुरोधलाई अहिलेका लागि अस्वीकार गरिदिएका हुन् ।

न्यायाधीशले ब्रिटनीले दिएको २४ मिनेट लामो बिस्फोटक बयान अनुरूप बलियो केही कागजात नभएको भन्दै उनले भनेको कुराका आधारमा यसको फैसला गर्न नसक्ने बताए । सँगै यसका लागि अझै प्रशस्त र बलियो कारण देखाएर निवेदन पेश गर्नुपर्ने बताएका छन् । अदालतको यो फैसला अहिलेका लागि मात्रै हो ।

गायिका ब्रिटनीले अदालतमा २४ मिनेटको बयान दिँदै पहिलोपटक यो मुद्दालाई सार्वजनिक गरेकी थिइन् ।

श्रीमान केविन फेडरलाइनसँग सन् २००८ मा सम्बन्धविच्छेद भएदेखि उनी आफ्नो बुबाको संरक्षणमा छिन् । उनको व्यक्तिगतदेख आर्थिक मामिालामा कानुनी अधिकार उनको बुबामा छ ।

तर ब्रिटनीले बुबाको ‘गार्जियनसिप’ अपमानजनक भएको भन्दै १३ वर्षदेखिको उनको संरक्षणबाट स्वतन्त्र हुन चाहेको भन्दै अदालतमा निवेदन पेश गरेकी थिइन् ।

एजेन्सी