महामारीको समयमामा पहिलो हप्ता सबैभन्दा बढी कमाउने चलचित्र बन्यो ‘एफ ९’
दर्शकको ब्रेग प्रतीक्षाका बीच ‘फास्ट एन्ड फ्युरियस ९’ अन्ततः अमेरिकामा रिलिज भएको छ ।
शुक्रबार (जुन २५) मा रिलिज भएको फास्ट एन्ड फ्युरियसको नवौँ संस्करणले लकडाउनमा रिलिज भएको पहिलो हप्तामै सबैभन्दा धेरै कमाउने चलचित्रको रेकर्ड पनि बनाएको छ ।
यसले अमेरिकी बक्स अफिसमा रिलिजको पहिलो हप्ता ६३ मिलियन डलर कमाइ गरेको थियो, जबकि प्रिभ्यु शोजको कमाइ पनि जोडेर चलचित्रले रिलिजको पहिलो हप्ता ७० मिलियन डलरको कमाइ गर्न सफल बनेको हो ।
जस्टिन लिनको निर्देशनमा बनेको यस चलचित्रमा विन डिजेलका साथै मिशेल रोड्रिग्ज, टाइरिस गिब्सन, जोनसिना र नताली एमानुएल मूख्य भूमिकामा छन् ।
कोरोना महामारीका कारण चलचित्रको रिलिज धेरैपटक पोस्टपोन्ड भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भने चलचित्र सन् २०२१ को मे १९ मै रिलिज भएको थियो ।
एफ ९ ले पुनः एकपटक दर्शकलाई हलमा तान्न सफल बनेको हो । अमेरिकामा मात्रै होइन, अन्तर्राष्ट्रिय बजारमा रिलिज हुँदा ब्रिटेनमा पनि यस चलचित्रले राम्रो कमाइ गरेको थियो । यद्यपि, कोरोना महामारीका बीच ब्रिटेनमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्रमा भने ‘टेनेट’ नै रहेको छ ।
यी दुई चलचित्रका साथै महामारीको समयमा बक्स अफिसमा राम्रो कमाइ गर्ने चलचत्रिमा ‘अ क्वाइट प्लेस पार्ट २’ पनि रहेको छ । यसले अहिलेसम्म ४८ मिलियन डलरभन्दा बढिको कमाइ गरिसकेको छ ।
एजेन्सी



