पाकिस्तानका प्रधानमन्त्री इमरान खान प्रायः भारतसँगको आफ्नो असन्तुष्टि पोखिरहेका हुन्छन् ।

उनी बलिउड चलचित्र उद्योगगको आलोचना पनि गरिरहेका हुन्छन् । यस्तै हालै पीएम खानले पुनः एकपटक बलिउड उद्योगको आलोचना गरेका छन् ।

उनले बलिउड उद्योगगको आलोचना गर्दै यसले अ’श्ली’लता फैलाउने बताएका छन् ।

त्यसैले बलिउडलाई फलो नगर्न र आफ्नो ओरिजिनल अनि नयाँ कन्टेन्टमा जोड दिन आफ्ना देशका फिल्ममेकरहरुलाई सुझाव दिएका छन् ।

यो कुरा पीएम खानले इस्लामाबादमा भएको सर्ट फिल्म फेस्टिबलमा भनेका हुन् ।

कार्यक्रममा बोल्दै उनी भन्छन्, “सुरुवातमै बलिउडबाट प्रेरित भएर पाकिस्तानको फिल्म इन्डष्ट्रिले गल्ती गर्यो ।

परिणाम हाम्रो संस्कृतिमा देखिन थाल्यो र हामी एकअर्काको संस्कृति अनुसरण गर्न थाल्यौं ।

म पाकिस्तानका नयाँ फिल्ममेकरलाई भन्न चाहान्छु तपाईंको ओरिजिनल कन्टेन्ट मात्रै बिक्री हुन्छ । त्यसैले म नयाँ सोच र ओरिजिनालिटी हेर्न चाहन्छु ।”

यसका साथै उनले पाकिस्तानी टिभीको कार्यको भने तारिफ गरेका छन् । उनका अनुसार पाकिस्तानी टेलिभिजनले आफूलाई फरक ढंगबाट प्रस्तुत गरेकाले आज भारतले पनि उनीहरुको प्रशंसा गर्ने गर्दछन् ।

जहाँ पाकिस्तानी चलचित्र उद्योग भने आजसम्म पनि बलिउड र हलिउडबाट धेरै प्रभावित रहेको उनको बुझाइ छ ।

अ’श्लि’लताको सुरुवात हलिउडबाट हुँदै बलिउड र त्यसपछि पाकिस्तानमा परेको पीएम खानको बुझाइ छ ।

एजेन्सी