लांगलाई संसारमा महिला छन् भन्ने पनि थाहा थिएन
हामीले साहित्य, फिल्महरुमा टार्जन, मोगली जस्ता पात्रहरुबारे पढेका वा देखेका छौं । उनीहरु आफ्नो जीवन जंगलमै बिताउँछन् ।
तर, यी काल्पनिक पात्रजस्तै एक व्यक्ति वास्तविक जीवनमा पनि छन् जसले ४१ वर्ष जंगलमा बिताएका छन् ।
उनलाई उनका पिताले जंगलमै हुर्काए र उनलाई संसारमा महिलाहरु छन्, महिलाहरुसँग शा’रीरिक स’म्बन्धपछि बच्चा जन्मिन्छन् र सृष्टि चल्छ भन्ने समेत थाहा थिएन ।
अहिले ४९ वर्षका हो भान लांग र उनका पिता हो भान थान्हले ४१ वर्ष घना जंगलभित्र बसेर बिताए ।
भियतनामको यु’द्धका बेला भागेर जंगल पसेका उनीहरुले कुआंग गाइ प्रान्तको तेत्रा जिल्लामा पर्ने घना जंगलमा यति लामो समय बिताए ।
उनीहरुले जंगलमा रुखका घर बनाए, रुखका बोक्रा र पातको कपडा बनाएर लगाए र मुसा मारेर खाए । ४ दशकसम्म उनीहरुको कुनै पनि अर्को मानिस र आधुनिक संसारसँग कुनै पनि सम्पर्क भएन ।
द सनको एक रिपोर्टअनुसार थान्ह त्यतिबेला सेनामा थिए । १९७२ मा अमेरिकी सेनाको ब’मले उनकी श्रीमती र दुई सन्तानलाई मा’रिदिएपछि उनले २ वर्षका छोरा लांगलाई लिएर जंगलभित्र भाग्ने निर्णय गरेका थिए ।
त्यसपछि ४१ वर्षसम्म कुनै पनि अर्को मानिससँग नभेटेरै बसेका उनीहरुलाई स्थानीयले २०१३ मा फेला पारेका थिए । त्यसपछि उनीहरु विस्तारै समाजमा घुलमिल हुन थालेका छन् ।
२०१५ मा पर्यटकहरुलाई मानिसको बसोबास नभएको दुर्गम क्षेत्रमा विदाको प्याकेज उपलब्ध गराउने कम्पनी दोकास्तावेका प्रबन्ध निर्देशक अल्भारो सेरेजोले लांगसँग भेटेका थिए ।
उनले लांगसँग जंगलमा जीवित रहने तरिकाहरुबारे जान्न चाहेका थिए । तर, उनीहरु जंगलमा जहाँ लांग हुर्केका थिए त्यहीँ ५ दिन साथमै बिताए । अल्भारोका अनुसार लांगले महिला र पुरुष छुट्याउन निकै संघर्ष गरेका थिए र उनलाई अहिलेसम्म पनि महिला र पुरुषबीचको आधारभूत फरक थाहा थिएन ।
‘म यो पुष्टि गर्न सक्छु कि लांगलाई कहिल्यै पनि न्यूनतम यौ’न इच्छा समेत भएन र उनको प्रजनन सम्बन्धी व्यवहार कहिल्यै पनि देखिएन’ सेरेजोले भने ।
लांग र थान्हको खाना फलफूल, तरकारीहरु, मह र बाँदर, मुसा, सर्प, छेपारो, भ्यागुता, चमेरा, चराहरु र माछाजस्ता विभिन्न किसिमका मासुहरु थिए ।
सेजारोले भने ‘लांगले जनावरको कुनै पनि भाग खेर फाल्दैनथे । जतिबेला म उनीसँग थिएँ मैले लांगलाई जैतुनजस्तै गरी चमेरा खाएको देखेको थिएँ । उनले मुसाको टाउको र आन्द्राभुँडी पनि खान्थे ।’
उनीहरुले जंगलमा सधैं आगो बालिराख्थे र जंगलमा भेटिएका सामग्रीहरुबाट विभिन्न भाँडाकुँडा बनाएका थिए । लांगको जीवन सहजै चलिरहेको थियो तर अचानक उनका पिताको स्वास्थ्य बि’ग्रियो ।
‘उनका पिताको ख’राब मा’नसिक अवस्थाका कारण लांग पछिल्ला केही वर्ष पूरै त’नाव र एङजाइटीमा बाँचेका थिए ।
कहिलेकाहीँ उनी रातभरी जागा बस्थे’ सेजारोले भने । जब उनीहरुलाई अरु मानिसले फेला पारे त्यसपछि लांगलाई कारमा गाउँ लगिएको थियो जहाँ उनी आधुनिक विकास देखेर दंग परेका थिए ।
लांगलाई रातको समयमा पनि प्रकाशको मजा लिन पाउनु उनका लागि सबैभन्दा अद्भूत लागेको थियो । त्यसपछि उनले जीवनमै पहिलो पटक टेलिभिजन देखे ।
यो यस्तो चीज थियो जसबारे उनका पिताले उनी युवा हुँदा भनेका थिए । त्यसैले उनलाई त्यहाँ देखिने मानिसहरु बाकसभित्र छैनन भन्ने चाहिँ थाहा थियो ।
लांग अहिले आधुनिक गाउँमा बस्छन् तर अझै पनि सामाजिक नियमलाई भने बेवास्ता गर्छन् ।
एजेन्सी



