गायिका ब्रिटनी स्पियर्सको आजादीका लागि रिया चक्रवर्तीले उठाइन् आवाज
अमेरिकी पप गायिका ब्रिटनी स्पियर्स र उनको बुबाबीचको कानुनी विवाद अहिले अन्तर्राष्ट्रिय मिडियाको हेडलाइन बनेको छ ।
गायिकाले आफ्नो बुबा जेमी स्पिर्यसँग ‘गार्जियनसिप’ बाट मुक्त हुँदै आफ्नो छुट्टै संसार बनाउन चाहेको माग सहित मुद्दा दर्ता गराइन् ।
जसमा उनको समर्थनमा अहिले हलिउडदेखि बलिउड पनि अगाडि आएको छ ।
हालै बलिउडबाट अभिनेत्री रिया चक्रवर्तीले अमेरिकन गायिकाको समर्थन र उनको स्वतन्त्रताको माग गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।
‘फ्रि ब्रिटनी’ अभियानमा सहभागी हुँदै रियाले इन्स्टाग्राम स्टोरीमा एउटा पोस्ट गरेकी छिन् ।
गायिका ब्रिटनी १३ वर्षदेखि ‘कन्जरवेटरसिप’ गार्जियनसीपमा छिन्, जसको अर्थ उनी पछिल्लो १३ वर्षदेखि बुबाको संरक्षणमा छिन् ।
श्रीमान केविन फेडरलाइनसँग सन् २००८ मा सम्बन्धविच्छेद भएदेखि ब्रिटनीका बुबाले उनको व्यक्तिगत जीवनदेखि पैसाको मामिलामा कानुनी अधिकार बोकेर त्यसको निगरानी गरिरहेका छन् ।
रियाका साथै अहिले हलिउड कलाकार, गायकगायिका लगायतका उनका पूर्व प्रेमी जस्टिन टिम्बरलेक पनि ब्रिटनीको समर्थनमा सामाजिक सञ्जालमा आएका छन् । अहिले ब्रिटनीको यो मुद्दा कानुनी बहसमा छ ।
एजेन्सी



