काठमाण्डौ – सुरक्षा सिन्चुरी र शुभम  चाम्लिङ राईको ‘बसौ खाटैमा’ गीत सार्वजनिक भएको छ ।

‘बसौ खाटैमा’ गीत रिलिकल भिडियो स्टुडियो किङ मार्फत सार्वजनिक गरिएको हो ।

यस गीतमा युवा गायक शुभम चाम्लिङ राई र सुरक्षा सिन्चुरीको स्वर रहेको छ ।

सुरक्षा सिन्चुरी भ्वाईज अफ नेपाल ३ बाट भखरै बाहिरिएकी प्रतिभावान गायिका हुन ।

त्यस्तैगरी अर्को प्रतिभाशाली शुभम चाम्लिङ राई मोड्लिङ तथा युवा गायकको रुपमा नेपाली साङ्गितिक क्षेत्रमा उदाउदै छन ।

प्रस्तुत गीतमा गीतकार बिमल खेवचली ‘सुलभ’को शब्द, संगीत र संगीत संयोजन मनोज साङ्सोन राईको रहेको छ ।

यस गीतमा चोखो मायालाई गहिरो तरिकाले उजागर गर्न खोजिएको छ ।

जिबनको दु:ख सुख बिसाउने र जिन्दगी काट्ने एक प्रेममय जिबनमा समर्पण गीतमार्फत देखाउन खोजिएको छ ।

‘बसौ खाटैमा’ गीतलाई कभर र भिडियो जस्केलो क्रीयसनले गरेका हुन ।

‘बसौ खाटैमा’ गीतलाई  स्टुडियो किङमा रेकर्ड गरिएको हो भने गीतलाई राजु कार्कीले मिक्सिङ मास्टरिङ गरेका छन् ।