रायरा हामरुङ राईको ‘मेरो दुख’ गीत सार्वजनिक
मुन्धुमस्टार
सरीता कार्की
काठमाण्डौ – रायरा हामरुङ राईको ‘मेरो दुख’ गीत सार्वजनिक भएको छ ।
‘मेरो दुख’ गीत रिलिकल भिडियो रायरा हामरुङ राई पर्सनल युटयुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
यस गीतमा युवा गायक रायरा हामरुङ राईको स्वर रहेको छ ।
प्रस्तुत गीतमा गीतकार अगम बिकारालको शब्द, संगीतकार तारा प्रकाश लिम्बुको संगीत, बादल लिम्बुकोको संगीत संयोजन रहेको छ ।
यस गीतमा चोखो मायालाई गहिरो तरिकाले उजागर गर्न खोजिएको छ । जिबनको दु:ख सुख बिसाउने र जिन्दगी काट्ने एक प्रेमीलाई जिबन्त समर्पण गीतमार्फत देखाउन खोजिएको छ ।
‘मेरो दुख’ गीतलाई कभर र भिडियो अनिल स्थापितले गरेका हुन ।
‘मेरो दुख’ गीतलाई एकोउस्टिक नेपाल स्टुडियो रेकर्ड गरिएको हो भने यो गीत ‘सपोर्ट २०२१’ एल्बममा रहेक छ ।



