ललितपुरलाई हराउँदै काठमाडौं फाइनलमा, फाइनल धनगढी एफसीसँग खेल्ने
काठमाडौं – ललितपुर सिटी एफसीमाथि सहज जित निकाल्दै काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग ९एनएसएल० को फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३(० गोल अन्तरले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गरे । यस्तै स्टेफेन बिनोङले एक गोल थपे ।
१४औं मिनेटमा मेसौके ओलुमोउले गोल गर्दै काठमाडौंलाई १–० को अग्रता दिलाए । २२औं मिनेटमा मेसौके ओलुमोउले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दिलाए । ५९औं मिनेटमा तेज तामाङको क्रसलाई स्टेफन विनोङ समिरले अफसाइड बिट ट्याप गर्दै चेस्टले नियन्त्रणमा लिदै गरेको प्रहार गोलमा परिणत हुदा काठमाडौंले खेलमा ३–० को अग्रता लियो ।
लिगमा काठमाडौंले ललितपुरलाई लगातार दोस्रो पटक पराजित गरेको हो । यसअघि लिगको उद्घाटन खेलमा काठमाडौंले १–० को जित दर्ता गरेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको एलिमिनेटर खेलमा काठमाडौंको जितमा मेसौको ओलुमोउले दुई तथा स्टेफन विनोङ समिरले एक गोल गरे ।
काठमाडौंले प्ले अफको पहिलो खेलमा धनगढीसँग अतिरिक्त समयमा २–१ ले पराजित भएपछि फाइनल खेल्ने अर्को अवसर पाएको हो । यस्तै ललितपुरले प्ले अफको दोस्रो खेलमा बुटवल लुम्विनीलाई १–० ले हराउँदै एलिमिनेटरमा स्थान बनाउन सफल भएको थियो । फाइनल १ जेठमा हुनेछ ।
अब उपाधिका लागि काठमाडौंले धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौं र धनगढीबीचको फाइनल खेल शनिबार हुनेछ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् । ९फोटोहरु काठमाडौं रेजर्सको पेजबाट०




