आशिक राईद्वारा निर्देशित ‘थाहा छैन’ गीत सार्वजनिक
मुन्धुमस्टार
काठमाण्डौ- आशिक राईद्वारा निर्देशित ‘थाहा छैन’ गीत सार्वजनिक भएको छ ।
गीतकार सन्तोषजंग थापाद्वारा लिखित ‘थाहा छैन’ नामक म्यूजिक भिडियो काठमाडौंको कपनस्थित फलैंचा रेष्टुरेन्टमा एक कार्यक्रम गरी विमोचन गरिएको छ ।
नेपाली समाजमा मायामा परेकाहरुलाई कसरी परिभाषित गरिन्छ भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ ।
गीतकार सन्तोषजंग थापाद्वारा रचित ‘थाहा छैन’ नामक गीत गायक रोशन राईले गाएका छन् भने भिडियोमा फोटा पत्रकार प्रदीपराज वन्त र मोडल मुना राई र गायक तथा मोडल टम्पशेर राईको अभिनय छ ।
गीतको छायाँङ्कन रामकृष्ण चौलागाईले गरेका छन् भने संगीत तथा भिडियो निर्देशन आशिक राईले गरेका छन् ।
म्यूजिक भिडियो रन्जु राई मिनाले निर्माण गरेकी हुन् । उक्त म्यूजिक भिडियो सद्भाव टिभि नेपाल यूट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।



