साहित्यकार मदन राईद्वारा लिखित युरोप यात्राका सम्झनाहरु नामक यात्रा संस्मरण कृति सार्वजनिक गरिएको छ ।
सारांश नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमकाबीच नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले उक्त कृति सार्वजनिक गरिएको हो ।
कार्यक्रममा नेता नेपालले नेपााली समाजको रुपान्तरणको आवश्यकता रहेको बताउनुभयो ।
समाजमा टाउको उठाउन खोज्नेलाई लखेट्ने प्रवृति रहेको भन्दै चूनौतिको समाना गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाले नेपाली साहित्यकारको कविताहरु समाज रुपान्तरणको प्रेरणाको स्रोत रहेको बताउनुभयो ।
जनताको अनुहारमा मुस्कान ल्याउन र जनताको भावना अनुरुप अघि बढ्न सवै एकतावद्ध भएर अघि बढ्नुपर्ने उहाको भनाई छ ।
कार्यक्रममा सहभागीहरुले साहित्यकार राईको कृतिको समिक्षा गरेका थिए ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
