सुमन बाङदेल

काठमाण्डौ-चर्चित गीतकार एवं मोडल दर्पण राईले अब फेरी एउटा छुट्टै बिशेषताको गीत ‘माई क्रस’ ल्याउदै छन । यस गीतलाई युवापुस्ताको चर्चित गायिका मेलिना राईले स्वर दिएकी छिन ।

यो गीत अब आउदो चैत्र महिनाको दोश्रो हप्तामा एमएमएस इन्टरटाईमेन्टको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक हुनेछ ।

करोड क्लवको सेलिब्रेटीको रुपमा समेत चर्चित गीतकार एवं मोडल दर्पण राईलाई चिन्छन । संख्यात्मकभन्दा गुणस्तरिय एवं दर्शक/श्रोताको भावना अनुकुल गीत रचना गर्नु गीतकार एवं मोडल दर्पण राईको विशेषता हो ।

अहिले गीत रेकर्ड सकिएर अफिसियल म्युजिक भिडियोको शूटिङ गर्ने तयारीमा रहेको कुरा राईले यस मिडियालाई बताए ।

यस गीतको अफिसियल म्युजिक भिडियोको अभिनय चर्चित गीतकार एवं मोडल दर्पण राई आफै रहेको तर कथा अनुसारको नायिका/कलाकार अहिले फिक्स नभएको कुरा बताए ।

एक दर्जन भन्दा बढी लोकप्रिय गीत मार्फत स्रोता/दर्शकको मन मष्तिकमा राज गर्न सफल चर्चित गीतकार एवं मोडल दर्पण राई हुन । गीतमा शब्द–शिल्पी, माया-प्रेम र श्रोताको भावनाअनुरुप आफ्नो सिर्जनामा प्रस्तुत हुन पनि दर्पण राईको खुबी हो ।

चर्चित गीतकार एवं मोडल दर्पण राई र चर्चित गायिका मेलिना राई स्टुडियोमा ।
चर्चित गीतकार एवं मोडल दर्पण राई र चर्चित गायिका मेलिना राई स्टुडियोमा ।

चर्चित गीतकार एवं मोडल दर्पण राईले ‘तिम्ले बाटो फेर्‍यौ अरे’, ‘यो मुटु दुःखछ किन’, ‘तिमिलाई मनपराउनु’, ‘बेबी आईलभ-यू’, ‘मायामा जाल भो’, ‘नजिकिनु सजिलो थियो’, ‘तिम्ले बाटो फेर्‍यौ अरे २’, ‘तिमीले खाएको कसम साँचो भएको भए’, ‘माया यस्तो’ लगायत थुप्रै चर्चित र ‘ब्लकबस्टर’ गीतहरु लेखेको छन ।

चर्चित गीतकार एवं मोडल दर्पण राईले बिभिन्न अफिसियल म्युजिक भिडियोहरु, फिल्म र छोटो फिल्महरु समेत अभिनय गरेका छन ।

चर्चित गीतकार एवं मोडल दर्पण राईको ‘तिम्ले बाटो फेर्‍यौ अरे ३’ बहु प्रतिक्षामा रहेको छ, यो गीत केहि समयमा नै ल्याउने तयारी रहेको कुरा समेत राईले बताए ।

चर्चित गीतकार एवं मोडल दर्पण राई सानै उमेरदेखी लेखन गरेका हुन, विद्यार्थी जिबनदेखी नै कबिता कोर्ने गरेका थिए । ब्याबसायको पाटो समेतमा जोडिएका छन राई । क्यापिटल पेन्टिङ ग्रुप कम्पनि (क्यापिटल पेन्टिङ ग्रुप कम्पनी अन्तरष्ट्रीय रुपमा कतारमा काम गरी रहेको छ)को अध्यक्ष र एक सहकारी संस्थामा आफै नेतृत्व गरी रहेको छन । शुरुमा कम्पनी स्थापना गर्दा निकै गल्ली-गल्ली सङ्घर्षको बाटो हिडेको बताए । चर्चित गीतकार एवं मोडल दर्पण राई ब्यबसायमा समेत सफलताको सिढी चढीरहेका छन ।