सबिता राई, काठमाण्डौ –  केही साताअघि विराटनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले दिनुभएको एक अभिव्यक्तिलाई उक्त ढुङ्गा (खुवालुङ )सँग जोडिएपछि यसले राजनीतिक तथा सामाजिक क्षेत्रको पारो तताइरहेको छ ।

यही कुरासँग जोडिएर एक कार्यक्रम हुन लागेको छ । ‘खुवालुङ जाऔ, सांस्कृतिक बिनासका बिरुद्ध प्रतिरोध गरौ ! खुवालुङ बचाउ सांस्कृतिक आन्दोलन – २०७७’ को कार्यक्रम फागुन २४ गते हुने भएको छ ।

उक्त कार्यक्रममा साहित्यकार तथा मदन पुरस्कार विजेता राजन मुकारुङ मुक्य वक्ताका रुपमा  खुवालुङ क्षेत्र जाने भएको छन ।

साहित्यकार तथा मदन पुरस्कार विजेता राजन मुकारुङ मुक्य वक्ता सहित कबिहरुको कबिता बाचन हुनेछ । साथै रङभुमी ऐकेडेमिको नाटक समेत बिशेष हुनेछ ।

उक्त कार्यक्रममा आयोजकहरु आदिबासी जनजाती साहित्यकार महासङ्घ, नेपाल (किरात राज्य समिती/लिम्बुवान समिती ) किरात राई लेखक सङ्घ, खुवालुङ सरक्षण समिति, याक्थुङ लेखक सङ्घ, लिम्बुवान स्प्रीड आन्दोलन छन ।

साहित्यकार तथा मदन पुरस्कार विजेता राजन मुकारुङ भन्छन, ‘खुवालुङलाई सांस्कृतिक पहिचानसित जोड्नु त छँदै छ । त्यत्रो पानीको बहाबले पनि खियाउन, तोड्न नसकेको यो ढुङ्गा मात्रै पनि होइन कि ? कुनै धातु पनि पो हो कि ? दलालहरूले यसैले पो फोर्न खोजिरहेका छन् कि ? यो त एन्टिक भैसक्यो । अब यसलाई त यसरी संरक्षण गरेर यही ठाउँलाई पर्यटकीय क्षेत्र पो बनाउनु पर्छ ।’

किरात राई विद्यार्थी केन्द्रिय समितिका एक सदस्य भन्छन ‘खुवालुङ्’ एउटा सामान्य ढुङ्गा मात्र होइन, यो लाखौँ लाख किरातीहरुको आस्थाको केन्द्र हो, एउटा घर हो पनि भन्न सकिन्छ जँहाबाट किरातीहरु आफ्नो इतिहासको अध्ययन सुरु गर्न सक्छन्, आफ्नो सभ्यताको चरणहरु पढ्न सक्छ । राष्ट्रिय सम्पदाभित्र पर्नुपर्थ्यो र यस्को संरक्षण संवर्द्धन राज्यको दायित्व हुनुपर्थ्यो तर त्यसो हुनुको विपरीत राज्य आफै लागेर अन्य थुप्रै विकल्प हुँदाहुँदै पनि स्थलगत अध्ययन नै नगरी यो पुरातात्त्विक सम्पदा नष्ट गर्नैपर्ने भन्ने निर्णयमा पुग्नु दुःखद छ ।’

केहि दिन अघी एक पुस्तक बिमोचनमा साहित्यकार तथा मदन पुरुस्कार विजेता राजन मुकारुङले गरेको भाषण ‘किरात राई यायोख्यले किन खुवालुङ छोएमात्र हेर किन भन्न सक्दैन ?’ भने कुरा निकै सामाजिक सन्जाल र समुदायमा तताएको थियो ।

खुवालुङ मुन्धुममा आफ्नो इतिहास, जीवनदर्शन, संस्कार, चिन्तन र समग्रमा समाज सञ्चालनको मूल आधार मान्दै आएका किरात राई समुदायका लागि खुवालुङ ऐतिहासिक स्थल हो । मुख्यतः राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिमा बाँडिएका किराती यही बिन्दुबाट आफ्नो पुर्खा छुट्टिएको विश्वास गर्छन् । मुन्दुम अध्ययेताहरूले उल्लेख गरेअनुसार मुन्धुममा खुवालुङबारे थुप्रै वर्णन पाइन्छ ।