कवि – प्रताप कोयु

वन झाँक्री कोपा!

मानव सृष्टि जगतमा वन झाँक्री कोपा,

अदृश्य शक्ति वन झाँक्री!

किरातीहरुको मुन्धुमवीद गुरु

जल, थल, वायु र आकाशका मालिक, वन झाँक्री कोपा!

ढोल झ्याम्टा बजाई,

मुन्धुमी संगीत भरी रिसिवा गाउने

शिली र माङलाक सिकाउने,

कलाकार रहेछौ वन झाँक्री कोपा!

सुप्तुलुङ थानमा एन्टिना राखी,

स्याउलीको सेट्लाईट बनाई!

ब्रामाण्डलाई अछेता जपी

हिबुङले हेरी कुण्डली सुनाउने,

वन झाँक्री कोपा!

दुम्सिको काँडा,

आगोको रागमा

आप्तुरुङ हान्ने

ब्लुटुथ जान्ने

साइन्टिस पो रहेछौ!

सबैले चिनौ संसारले मानौ,

वन झाँक्री कोपालाई!

कवि प्रताप कोयु –  हङकङ