काठमाडौं– क्रिकेट सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । आज उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूमा कोरोना पोजेटिभ देखिएको जनाएका हुन्।
उनले बुधबारदेखि जिउ दुख्ने समस्या देखिएकोमा अहिले स्वास्थ्यमा केही सुधार भइरहेको जनाएका छन्।
लामिछानेले सबै राम्रो हुँदै गएमा आफू फिल्डमा फर्कने पनि जनाएका छन्।
यसअघि राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणअघि गरिएको कोरोना परिक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, खेलाडीहरू दीपेन्द्र सिंह ऐर र रोहित पौडेलमा समेत कोरोना संक्रमण भएको देखिएको थियो।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
