चाडवाडको मुखमा हजारौं प्राविधिक र शिक्षकहरु बे’रोजगार भएका छन्। को’भिड–१९ म’हामा’रीले आ’क्रान्त बनाएपछि शिक्षकलगायत अन्य कैयौं ब्यवसायहरु जो’खिममा छ। अधिकांश निजी संस्थामा काम गर्ने शिक्षक तथा प्राबिधिकहरुले विगत ६ महिनादेखि तलब नपाएको स्थिति सिर्जना भएको छ। त्यसकारण कतिपय शिक्षक तथा प्राविधिकहरुले जीवनयापनको लागि घरेलु कामसम्म गर्न बा’ध्य छन्। उनीहरुलाई दैनिक गुजारा चलाउन धौ-धौ परिरहेको छ।

शिक्षा क्षेत्रको कुरा गर्दा नेपालमा करिब २ लाखको संख्यामा रहेका शिक्षकहरुले वर्षौदेखि गरेको पेशा छाड्न बा’ध्य हुने परिस्थति आएको छ। केही शिक्षकहरु त अहिले पनि दैनिक गुजारा चलाउन वैकल्पिक कामको खोजीमा भौतारिरहेका छन्। यसैगरी प्राविधिक क्षेत्र स्वदेशी तथा विदेशी संस्थाहरुमा कार्यरत उच्च प्राबिधिक जनशक्तिहरुलाई पनि सो संस्थाहरुले ब’र्खास्त गर्दै गरेको अवस्था सिर्जना भएको छ। यस्तो विषम परिस्थितिमा समेत दुरदर्शी संस्थाहरु रोजगारको सिर्जना र दीगो आर्थिक विकासको सोंचमा लागिरहेका छन्।

यस्तै एउटा शिक्षा र सूचना प्रविधि क्षेत्रमा ख्याति कमाइरहेको काठमाडौँ बालुवाटारस्थित इनोभेट टेकले सयको हाराहारीमा प्राबिधिक, शिक्षक र विषयविज्ञलाई रोजगारीको अवसर खुलाएको छ। इनोभेट टेकले  को’रोना सं’क्रमणको अवस्थामा पनि प्राबिधिक शिक्षक र विषय विज्ञलाई नेपाल र विश्वका लागि तयार हुने विभिन्न विषयको डिजीटल पाठ्यसामाग्री तयार गर्न रोजगारीको अवसर दिन लागेको बताएको छ। शिक्षकहरुको कमाइ मासिक  २ हजार अमेरिकी डलरसम्म हुने सो कम्पनीले दाबी गरेको छ।

इनोभेट टेकद्वारा नेपालमै विकाश गरिएको माई सेकेण्ड टिचर एपले हाल क्याम्ब्रिज विश्वबिद्यालयको बिद्यालय पाठ्यक्रममा आधारित डिजिटल पाठ्यसामाग्रीहरुको विकास र विश्वस्तरमा प्रवर्धन गरिरहेको छ। हाल जापान, कोलम्बिया, चिन, सिंगापुर, इजिप्ट, भारत, इन्डोनेसिया, ओमन लगायत विश्वका १६ भन्दा बढी देशका ६० भन्दा बढी बिद्यालयले नेपालमा विकशित यो एप्प्लिकेसनमार्फत् विभिन्न पाठ्यसामग्रीहरुको प्रयोग गरिरहेका छन्।

दुई वर्ष अघि अर्थात सन् २०१८ मा स्थापना भएको इनोभेट टेकद्वारा विकशित माई सेकेण्ड टिचर  एसिया प्यासिफिक क्षेत्रमा कहलिएको नाम हो।  सन् २०२० मा एसिया प्यासिफक क्षेत्रमा उत्कृष्ट १० इ-लर्निङ्ग टेक्नोलोजी कम्पनीहरुमा पर्न सफल माई सेकेण्ड टिचरमार्फत हाल विश्वका  ५० हजार भन्दा बढी शिक्षक तथा बिद्यार्थीहरुले अध्ययन अध्यापन गरिरहेका छन्। परम्परागत शिक्षण पद्दतिलाई समय सापेक्ष र भविष्यउन्मुख प्रविधिमा रुपान्तरण गरिरहेको इन्नोभेट टेकले, यस अभियानमा संलग्न हुनको लागि विभिन्न विषय र क्षेत्रका विशेषज्ञ, शिक्षक र प्राबिधिकहरु लै आग्रह गरेको छ।

https://www.innovatetech.io/jobs/  यस लिंकमा गएर आवदेन दिन सकिने छ।