नबराज कोयी राईको ‘कार्तिके साल्पा’ राजेश पायल राईको दर्शन नमस्ते अफिसियल च्यानलबाट सार्बजनीक
१८ असोज । राजेश पायल राई र सुनिता थेगिमको स्वरमा ‘कार्तिके साल्पा’गीतको स्टुडियो भिडियो श्रोता तथा दर्षकमाझ आज सार्वजनिक भएको छ । युवा संगीतकार अनिल कोयी राईले संगीत गरेको हुन ।
दर्शन नमस्ते इन्टरटाईमेन्ट प्रा.लि.को युट्युब च्यानलबाट हिजो दिउँसो सार्वजनिक गरिएको सो गीतमा निकै मिठो गाउघर, प्रकृती र प्रेमको बयन गरिएको छ ।
गीत नबराज कोयी राईले लेखेको हुन् भने एरेन्ज राजु कार्कीको रहेको छ । मनोज साङसोहाङ र सुरेश राईको रेकोडिस्ट रेहेको यस गित किङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
गीतमा गाउ घर, मेलापात, प्रकृती र सच्चा प्रेमलाई समाजले हेर्ने दृष्टिकोण तथा सच्चा प्रेमको अघि जतिसुकै कठोर मान्छेको मन पनि पग्लन्छ भन्ने सन्देश दिन खोजिएको छ । गितमा प्रेमिलो तरिकाले केटाले केटिलाई प्रकृतिको बखान गर्दै, समाजको सस्कृतिलाई उल्लेख गर्दै हाक्पारे र मेलाको कुरा उठाउदै मिठो भाका शैलिमा आएको छ ।
राजेश पायल राई र सुनिता थेगिमको स्टुडियो अभिनयले गीतलाई जीवन्त बनाउन खोजिएको छ । सो अभिनयको छायांकन क्यामेरामेन मनोज राईले गरेका हुन भने सम्पादन समेत मनोज राईले नै गरेका छन ।



