‘तिमीलाई हेरी’ जनम थुलुङको म्युजिक भिडियो सार्वजनिक
मुन्धुमस्टार
१६ असोज । जनम थुलुङको स्वर तथा सङ्गीत रहेको तिमीलाई हेरी… गीतको म्युजिक भिडियो श्रोता तथा दर्षकमाझ आज सार्वजनिक भएको छ ।
जनम थुलुङ अफिसियल युट्युब च्यानलबाट आज दिउँसो सार्वजनिक गरिएको सो गीतमा जनम थुलुङ्सँगै अहिलेकी लोकप्रिय गायिका मेलिना राईको समेत स्वर गुन्जिएको छ ।
गीत जेन्नी राईले लेखेकी हुन् भने एरेन्ज राजु कार्कीको रहेको छ । गीतमा सच्चा प्रेमलाई समाजले हेर्ने दृष्टिकोण तथा सच्चा प्रेमको अघि जतिसुकै कठोर मान्छेको मन पनि पग्लन्छ भन्ने सन्देश दिन खोजिएको छ ।
एलिश राई र अनुशा राईको अभिनयले गीतलाई जीवन्त बनाउन खोजिएको छ । सो अभिनयको छायांकन क्यामेरामेन ज्ञानेन्द्र शर्माले छन् । सम्पादन विकाश ज्ञवालीको रहेको छ । गीतको परिकल्पना तथा निर्देशन एलिश राईले गरेका छन् ।



