काठमाण्डौ- गायक तारा प्रकाश लिम्बु र गायिका दिपा लामा (राई) को ” साउने झरी” बोलको युगल गीतको म्युजिक भिडियो सार्बजानिक भएको छ।

सुनिल दिप्त राईको शब्द रहेको यो गितमा गायक तथा संङ्गितकार तारा प्रकाश लिम्बुले नै संगीत दिएका हुन भने संगीत संयोजन उदय राज पौडेलले गरेका छन।

रोमान्टिक नम्बरको यो गितमा हेरुका लामा, निरञ्जली लामा लगायतका कलाकार हरुको अभिनय रहेको उक्त म्युजिक भिडियोको निर्देशन कुसाङ रुम्बाले गरेका हुन।

हेरुका युट्युब च्यानलको अफिसियल  युट्युब च्यानलबाट आज सार्बजानिक भएको यो गितको छायंकन बहादुर के•सी को रहेको छ भने सम्पादन दिलिप लामाले गरेका हुन।

समग्रमा यो गितको शब्द, सङ्गीत, गायकी एरेन्ज पक्ष निक्कै राम्रो रहेको त्यहिँ अनुसारको म्युजिक भिडियो पनि बनेको हुनाले यो गितलाई दर्शक श्रोताले मनपराई दिनेकुरामा आफुहरु बिश्वस्त रहेको कुरा गित निर्माण पक्षले मुन्धुम स्टार डटकम लाई बताए।

गितको म्युजिक भिडियोको लिङ्क तल …..