एटीएमबाट निस्किने रुपैयाँको डिसइन्फेक्सन गर्ने मेसिन बजारमा
को’रोना भा’इरस सं’क्रमणको जो’खिम बढिरहेका बेला एटीएमबाट निस्किने पैसा (रुपैयाँको नोट) डिसइन्फेक्सन गर्ने मेसिन बजारमा आएको छ । आज सार्वजनिक भएको मेसिनले कागजी नोटमा रहेको भा’इरसलाई निर्मूल गर्ने कम्पनीको दाबी छ । खेम्स क्लिनिङ र र्यापिड सर्जिकलले बजारमा ल्याएको मेसिनले बैंकहरुमा पैसा मात्रै नभएर, अस्पतालमा नियमित प्रयोगमा आउने सामग्री र पानीबाहेक अन्य घरायसी समग्रीहरु पनि डिस इन्फेक्सन गर्न सकिने कम्पनीको भनाइ छ ।
कम्पनीका निर्देशक मनीष थापाले बैंकहरुमा पैसासँगै अस्पतालमा पीपीई मास्क, घरमा समेत चस्मा, घडी र अन्य कपडाहरु समेत डिसइन्फेक्सन गर्न सकिने बताए । ३० सेकेन्डदेखि ४ मिनेटसम्ममा कुनै पनि सामान डिसइन्फेक्सन गर्न सकिने उनको भनाइ छ ।
मेसिनको न्युरोडमा रहेको कुमारी बैंकमा परीक्षण गरिएपछि बजारमा सार्वजनिक भएको हो । को’रोना भा’इरसले अहिले विश्व नै आ’क्रान्त बनिरहेका बेला पैसा लगायत हामीले दैनिक प्रयोग गर्ने सामानहरु डिसइन्फेक्सन गर्न सकिने भएपछि केही सहज हुने विश्वास लिइएको छ ।



