क्यालिफोर्निया, २३ भदौ: संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा लागेको विशाल ड’ढेलो यसवर्ष झण्डै ९ लाख हेक्टर जमिनमा फैलिएको छ । क्यालिफोर्निया वन विभागका अनुसार एकै मौसममा यतिठूलो क्षेत्रमा ड’ढेलो फैलिएको यो पहिलो पटक हो । विभागले सोमबार सार्वजनिक गरेको विवरणमा ड’ढेलोबाट हालसम्म आठ जनाको मृ’त्यु भएको र तीन हजार ३०० भन्दा बढी संरचना ध्व’स्त भएको उल्लेख छ । विभागका अनुसार निकै तिब्र हावा र न्यून आद्रताले स’मस्या अझ जटिल बनाएको छ । ड’ढेलो नि’यन्त्रणका लागि हाज १४ हजार १०० भन्दा बढी अग्निनियन्त्रकहरु दिनरात आ’गो निभाउने काममा जुटेको पनि विभागले जनाएको छ ।

लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयका जलवायू विज्ञ ड्यानिल स्वेनले यस वर्षको ड’ढेलो क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा ख’तरनाक रहेको बताउनुभएको छ । उहाँले सन् २०१८ को भन्दा यस वर्ष बढी क्ष’ति गरेको पनि जानकारी दिनुभयो । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले धेरैवटा काउन्टीमा आ’पतकालीन स्थितिको घो’षणा गर्नु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्ट २२ मा क्लालिफोर्नियामा वि’पदा घो’षणा गर्नु भएको थियो । गभर्नर न्यूसमले पनि अगस्ट १८ मा राज्यव्या’पी आ’पतका’ल घो’षणा गर्नु भएको थियो ।

रासस–एएनआई