को’रोना म’हामारी विश्वव्यापी रुपमा ग’म्भीर बन्दै गएपछि केही महिनासम्म पुग्नेगरी अतिआवश्यक सरसामग्रीहरु खरिद गर्ने क्रम सबै मुलुकमा बढ्यो । यसका कारणले धेरै समयसम्म अमेरिका लगायत केही देशहरुमा टोइलेट पेपरको चरम अभाव सुरु भएको थियो । र अहिले टोइलेट पेपर जस्तैगरी प्राविधिक उपकरणहरुको माग पूरा गर्न क’ठिन भइरहेको छ । विशेषगरी स्कुल कलेज अनि कार्यालय ब’न्द हुँदा सबै घरबाट काम गर्न बा’ध्य भएका छन् ।

त्यसबीच स्कुल र कलेजहरुले कम्प्युटर, ल्यापटप लगायत डिभाइस नभएका विद्यार्थीका लागि ठूलो सङ्ख्यामा शैक्षिक सामग्रीहरुको माग गरेका हुन् । र देशैभरिका अफिसबाट एकैपटक धेरै सङ्ख्यामा प्राविधिक उपकरणको माग आउनुले यतिबेला आपूर्तिमा कमी ल्याएको छ । विश्वका तीनैवटा प्रमुख कम्पनी, लेनोभो, एचपी र डेलले अचानक वृद्धि भएको माग अनुसार सामान उपलब्ध गराउन नसकिरहेको बताएका छन् । ल्यापटप जस्ता डिभाइसको उत्पादन यत्तिको उच्च माग पूरा गरि आपूर्ति गर्ने किसिमले स्थापित नभएकाले उनीहरुले बताएका हुन् ।

यसमै कतिपय ल्यापटप निर्माताहरुले चाहिँ अहिलेको कारोबारबाट प्रशस्त फाइदा पनि कमाइरहेका छन् । अघिल्लो वर्षको तुलनामा अप्रिलको पहिलो हप्तामा रिटेल कारोबार ४४ प्रतिशतले बढेको आधिकारिक डाटाले देखाएको छ । सिएनएनसँग कुरा गर्दै एसर कम्पनीका प्रवक्ताले भनेका छन्, “हामी मात्र नभएर पूरै प्रविधि उद्योगमा कम्प्युटर र मनिटरको माग ऐतिहासिक बिन्दुमा पुगेको छ । त्यसैले हामीले जति सक्दो छिटो र धेरै आपूर्ति गर्न दिनरात खटेर काम गरिरहेका छौँ । ”

अर्को प्राविधिक कम्पनी एचपीका प्रवक्ताले पनि आफूहरु विद्यार्थीको हातमा ल्यापटप पुर्याउन स्कुलको सक्दो मद्दत गरिरहेको बताएका हुन् । वास्तवमा अमेरिकामा म’हामारीको असर सुरु हुनु अगाडि नै प्राविधिक उपकरण निर्माणकर्ताहरु चीनसँगको व्यापारिक यु’द्ध, ट्यारिफ लगायत विभिन्न कारणले सं’घर्षरत् अवस्थामा थिए ।यसमाथि जनवरीमा चीनका अधिकांश उद्योगहरु ब’न्द हुँदा निर्माण समग्रीहरुको आपूर्ति ठ’प्प भइ विश्वभर प्राविधिक उपकरणको उत्पादन न’राम्ररी प्रभावित भएको हो । यस सम्बन्धी कम्पनी डेलका प्रमुख सञ्चालक जेफ क्लार्कले भनेका छन्, “ल्यापटपका केही मुख्य अंश जस्तै सिलिकन र एलसीडी स्क्रिन पर्याप्त आपूर्ति गर्न अझै केही समय लाग्न सक्छ ।

एजेन्सी, सिएनएन