‘बुङालुङ’ अर्थात ‘रक गार्डेन’ महत्वपुर्ण र बिशेष बन्दै
शान्ती नाछिरिङ्, काठमाण्डौ- ‘बुङालुङ’ अर्थात रकगार्डेन वा ढुङ्गाको बगैचा हो । यो चम्लिङ भाषामा ‘बुङ’ भनेको फुल र ‘लुङ’ भनेको लहरै परेको ढुङ्गा बुझिन्छ । यो खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालीका अन्तर्गत हलेसी मन्दिरको ठिक उभो पूर्व पट्टी रहेको छ ।
किराती मिथकमा यसलाई तयमा र खियमाको मिथकको अन्तर्गत खियामाको खेल्ने आर्टको ढुङ्गाको अलौकी शुन्दर बगैचाको रुपमा लिइन्छ । किरात मिथक अनुसार ‘बुङालुङ’ अति महत्वपुर्ण र बिशेष रुपमा रहेको छ ।
किराती मिथकसँग यो ढुंगैढुंगाको फूल जोडिएकोले यसको आफ्नै मौलिक नाम छ । बुढापाकाहरुले यसलाई ‘बुङालुङ’ भन्छन् । चाम्लिङ भाषामा ‘बुङा’ भनेको फूल र ‘लुङ’ भनेको बगैँचा अर्थात फूलको बगैँचा । यहाँको ढुंगा आफैमा फूल हो । फूलजस्तै रमाइलो देखिन्छ ।
तोयामा, खियामा र रैछाकुलेबारे लामो कथा छ । छोटोमा: साफोप्तेले खियामालाई खाइदिए । तोयामाले आफ्नी बहिनी खियामा कहाँ छे भनेर सोधीखोजी गर्न थालिन् । साफोप्ते आजित भए । तुवाचुङबाट पश्चिमतिर देखाउँदै साफोप्तेले भने, ‘ऊ पर हेर ।’ तोयामाले पश्चिमतिर अर्थात अहिलेको हलेसीगढीतिर हेर्दा खियामाको सेतैसेतो हाडखोर देखिन् । बहिनीको हाडखोरलाई साह्रै माया गरिन् । त्यतिबेला तोयामा बोझे ढाँडहुँदै भुम्जूडाँडासम्म पुगेको कथा छ । त्यसैको प्रतीकको रुपमा यो ढुंगे बगैँचालाई लिइन्छ ।
साहित्यकार तथा सिमिती पत्रीकाको सम्पादक तिलक चाम्लिङले एक फेसबुक स्टाटस लेखेका छन, ‘मलाई चाहिँ लुङटोरीबुङ भन्न मन लागेको हो तर जनताले बुङालुङ अनुमोदन गरे । यहाँ पुग्ने प्राय धेरैले आफ्नो फेसबुकमा बुङालुङ लेखेको देखेँ । दुबैको व्याख्या एकै हो । भन्न खोजेको एउटै हो । त्यसकारण अब सबैले ‘बुङालुङ’ नै भन्दा एकरुपता हुन्छ । र, होल्डिङ बोर्डमा नाम लेखेर राख्दा सबैले फोटो खिचेर आफ्ना पुर्खाहरुको संझना गर्थे ।’
अनौठो ढुङ्गाको बनेको रक गार्डेन चीन, भारत र बेलायतमा समेत रहेको छ तर नेपालमा बने एक बिशिष्ट र भिन्न रुपमा रेहेको छ । यसलाई अझै खोज, अनुसन्धान, अध्यायन, ब्यबस्थापन र प्रचार-प्रसार गरिनु पर्द्छ ।
पाथिभरा मन्दिरलाई मुक्कुमलुङ्मा युमा माङ् याक्थुङ (लिम्बू)हरुकाे पहिचान जोगाउने अभियानमा छन । पाथिभरा भन्ने शव्द अ’तिक्रमणकारी मात्र हाेइन, अन्याय र अ’त्याचारी पनि हाे । पाथिभरा भन्ने शब्द जाेड्ने राख्ने भन्ने कुरा काेही कसैबाट भए याक्थुङहरुमाथि अन्याय, अ’त्याचार र अ’तिक्रमणकाे निरन्तरता हुने भन्दै अहिले पाथिभरा मन्दिरलाई अ’तिक्रमणकारी पाथिभरा शब्द हटाएर मुक्कुमलुङ्मा राखौ भन्ने लिम्बु पहिचान चाहानेहरुको अभियानमा समेत रहेको छ ।
यस्तो अवस्थामा हलेसी गुरुयोजनाले ‘रकगार्डेन’ भनेर गरिएको सम्बोधन चौर्तफी रुपमा ‘बुङालुङ’ को आवाज आए पछी अहिले सबैले यसलाई भन्न थालिएको हो । किराती पहिचानको लागी शशक्त रुपमा यसलाई आवाज दिदै ‘बुङालुङ’ रहनु पर्छ भन्दै केहि समय अगाढी अभियान समेत चलेको थियो ।
केहि समय अघी हलेसी तुवाचुङ नगरपालिकाले घोषित नीति तथा कार्यक्रमअनुसार ‘रक गार्डेन’ निर्माणका लागि स्थलगत सम्भाव्यता अध्ययन तथा अनुसन्धान थालेको थियो । हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राई, प्रमुख प्रशासकीय अधिकृत राजेशबाबु घिमिरे र मूर्तिकार धनु याख्खालगायतको टोलीले अध्ययन थालेको थियो । त्यसैलाई पहिचान मेट्द्दै चौतर्फी बि’रोध गरिएको थियो । हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले पछी आफै किरात पहिचान सहित अघी बढ्ने प्रतिबद्धता गरेका थिए । (सामाजिक सन्जाल मार्फत केहि तस्बिरहरु )





हलेसी तुवाचुङ नगरपालिकाकाे संक्षिप्त परिचय
हलेसी तुवाचङ नगरपालिका जिल्ला सदरमुकामबाट पश्चिमी भेगमा करीव ४० किमिको दुरीमा अवस्थित रहेको छ । हलेसी माहादेवस्थानको नामले प्रख्यात यो नगरपालिकाको केन्द्र हलेसी माहादेवस्थानको मन्दिरबाट पश्चिमपटि ५ किलो मिटरको दुरीमा रहेका दुर्छिममा पर्दछ ।
साविकका ११ वटा गाविसहरु मिलेर ११ वटा वडामा फैलिएको यो नगरपालिकाको क्षेत्रफल २८० ।१७ बर्ग किलो मिटर रहेको छ भने यस नगरपालिकाको पश्चिममा दुधकोशी नदिले ओखलढुंगा जिल्लालाई छुटयाएको छ भने दक्षिणमा सुनकोशी नदिले उदयपुर जिल्लालाई छुटयाएको छ त्यसैगरी दक्षिण पुर्वि भेगमा दिपु्रङ गाउंपालिका र पुर्वि भागमा रुपाकोट मुझुवागडी नगरपालिका पर्दछ भने उत्तरी भेगमा लामीडांडा गाउंपालिका पर्दछ ।
प्राय राई जातिहरुको बाहुल्यता रहेको यस नगरपालिकाको २०६८ को जनगणना अनुसार जनसंख्या २९५३२ (हलेसी तुवाचुङ नगरपालिका नगर पार्श्वचित्र २०७४७५ अनुसार जनसंख्या ३२४४६) रहेको छ । जिल्लाकै सुखा क्षेत्रको रुपमा रहेको यस जिल्लामा ज्यादै कम पानी पर्ने भएको कारण प्राय सवै गाविसहरु सुखा ग्रस्त क्षेत्रमा पर्दछन, पानी कम पर्ने र पानीका मुहान समेत नभएको कारण यस नगरपालिकाका मानिसहरुको मुख्य समस्या खानेपानीको रहेको कारण घण्टौ समय खानेपानीकोलागी खर्च हुने गरेको छ भने मौसमी बाहेक करेसा बारीमा घरायसी तरकारी उत्पादन गर्न समेत सकिएको देखिदैन ।
यस नगरपालिकाका दुइ तिरको भाग दुधकोशी नदि सुनकोशी नदिले घेरेको भए पनि कोशी आसपासका केहि भाग बाहेक अधिकांस भुभाग सुखा ग्रस्त रहेका छन । यस भेगको खानेपानी व्यवस्थापनकालागि दुधकोशीबाट पानी तानेर उपलव्ध गराउने योजना तयारी अन्तिम चरणमा पुगेको भए पनी सम्पन्न गर्नकोलागि अझैै केहि समय पर्खिनु पर्ने देखिन्छ । नगरपालिकाका केहि गाविसहरुलाइ सुन्तलाको पकेट क्षेत्र तोकिएको र मोटरबाटो करिडोरलाई तरकारी पकेट क्षेत्र निर्धारण गरिएको भए पनि आवश्यक सिंचाइको सुविधा नपुगेको कारण यो त्यति प्रभावकारी रुपमा अगाडी बढन सकेको देखिदैन ।
सुखा क्षेत्रमा उत्पादन हुने बदाम यस यस नगरपालिका क्षेत्र भित्रको राम्रो आम्दानीको श्रोत बन्दै आएको छ । यहां उत्पादन बदाम जिल्लाका अन्य भाग लगायत काठमाण्डौ र छिमेकी जिल्ला ओखलढुंगालाइ समेत चाहिंदो मात्रामा आपुर्ति गराउंदै आएको छ । यस क्षेत्रमा बदम खेतिलाइ अझ व्यवस्थित तरिकाले व्यवसायिक रुपमा उत्पादन गर्न सकेमा यस समुदायका मानिसहरु आत्प निर्भर वन्न सक्ने देखिन्छ । (हलेसी तुवाचुङ नगरपालिकाकाे संक्षिप्त परिचय बारे नगरको परिचय वेबसाइटमार्फत लिएको हो ।)



