उच्च र’क्तचाप बुझ्नु भन्दा पहिले हामीले र’क्तचाप बुझ्न जरुरी छ। मुटुबाट रगत पम्प भएर शरीरको विभिन्न भागमा सञ्चालन हुने क्रममा र’गतले रक्तनलीमा एक प्रकारको चाप पैदा गर्छ, यसलाई नै र’क्तचाप भनिन्छ। जुन चाप बढी भयो भने उच्च र’क्तचाप भनिन्छ। र’क्तचापलाई मिलिमिटर अफ मर्करी’मा नापिन्छ। माथिको र’क्तचापलाई ‘सिस्टोलिक’ र तलको र’क्तचापलाई ‘डायस्टोलिक’ भनिन्छ। मुटु खुम्चिँदा पैदा भएको चापलाई सिस्टोलिक र’क्तचाप भनिन्छ भने मुटु फैलिँदा पैदा भएको र’क्तचापलाई डायस्टोलिक रक्तचाप भनिन्छ।  सामान्य र’क्तचाप १२०/ ८० भन्दा कम हुनपर्छ ।

उच्च र’क्तचापको परिचय : उच्च रक्तचाप भन्नाले माथिको १४० वा सो भन्दा बढी र तलको ९० वा सो भन्दा बढी भएको अवस्थालाई भनिन्छ।

उच्च रक्तचापका कारणहरू: करिब ९० प्रतिशतमा कुनै पनि निश्चित कारण थाहा हुँदैन भने बाँकी १० प्रतिशतमा विभिन्न रो’गजस्तै मिर्गौलाको रो’ग, मधुमेह आदिले गर्दा हुने गर्दछ। धू’म्रपान, र’क्सी तथा सु’र्तीजन्य पदार्थको सेवन, मोटोपन, अ’सन्तुलित आहारव्यवहार, अत्यधिक मात्रामा नुन खाने, व्यायामको अभाव, वंशाणुगत (पहिलो श्रेणीका आफन्त),  उमेर (३० वर्षभन्दा माथि) भएको मानिसहरूमा उच्च र’क्तचाप हुने सम्भावना धेरै हुन्छ।

लक्षणहरू: धेरैजसो उच्च र’क्तचाप भएको मानिसहरूमा केही पनि लक्षण देखिँदैन। त्यसैले उच्च रक्तचापलाई सुषुप्त ह’त्यारा (silent killer) पनि भनिन्छ। धेरैजसो मानिसहरू आफ्नो र’क्तचाप बढेको चाल नै पाउँदैनन्, सिधै जटिलता ( मि’र्गौला फे’ल हुने, हृ’दयघात, पक्षघा’त, रगत नलि फु’ट्ने, अ’न्धोपन, अ’ङ्गभ’ङ्ग हुने, हातखुट्टा न’चल्ने..आदि) लिएर अस्पताल आउने गर्छन्। टाउको दुख्ने, रिंगटा लाग्ने, आँखा धमिलो हुने, झुम्म हुने, थकाइ महशुस हुने, शरीर आलस्य हुने, अकस्मात् नाकबाट रगत बग्ने, मुटु ढुकढुक हुने, छाती दुख्ने, बेहोस हुनेजस्ता प्रमुख लक्षणहरू देखिन सक्छन्।

समस्याको प्रारम्भिक पहिचान कसरी गर्ने ? :३० वर्ष वा सोभन्दा माथिको उमेरको मानिसले कम्तिमा पनि ६ महिनामा एकपटक आफ्नो र’क्तचाप अनिवार्य जाँचेर भविष्यमा हुने ठूलो दु’र्घटनाबाट बच्न सकिन्छ। उच्च र’क्तचाप भएको मानिसले १५-१५ दिनमा आफ्नो र’क्तचाप जाँच्ने गर्नुपर्छ र धेरैमा ६ महिनामा चिकित्सकसँग परामर्श लिने गर्नुपर्छ। प्रत्येक ६ महिनामा र’गतमा कोलेस्ट्रोल , सुगर, किर्याटिनको जाँच, इ.सि.जि. इ. को अनिवार्य रूपमा गर्नुपर्दछ।

उच्च र’क्तचापको रोकथाम तथा नियन्त्रण:

१.  धु’म्रपान, म’दिरा, र सु’र्तीजन्य पदार्थहरूबाट टाढै रहने।

२.  नुन कम खाने: नुन शरीरको लागि अतिआवश्यक तत्व हो तर यो शरीरलाई थोरै मात्रामा भए पुग्छ। एउटा स्वस्थ मानिसले प्रतिदिन पाँच ग्रामभन्दा बढी नुन खानु हुँदैन। अझ उच्च र’क्तचाप भएको मानिसले २.५ ग्राम भन्दा धेरै खानु हुँदैन। नुन कम खानेभन्दा सरल सुनिए पनि यस्को लागि हामी चनाखो हुन जरूरी छ। अत्यधिक मात्रामा नुन हुने खानेकुरा जस्तै पापड, ससेज, सिसीको अचार, भुजिया, नुनिलो बिस्कुट जस्तो खाने कुरा सकेसम्म कम खानु पर्छ।

३. चिल्लो कम खाने: तेलमा डुबाएको खानेकुराहरू जस्तै रातो मासु, छाला, बोसो, कलेजो, घिउ, बटर, चिज,पकौडा, तेलमा भुटेको आलु, तारेको मासु, रोस्ट, सेलरोटी सकेसम्म कम खानुपर्छ किनकी यस्ता खानेकुराले शरीरको रक्तनलीलाई साघुरो बनाउँछ। रक्तनलीमा रगतको चाप बढ्छ र उच्च रक्तचापलाई निम्त्याउँछ। माछाको सेवन भने फाइदाजनक मानिन्छ। हप्तामा २ चोटि माछा खाँदा राम्रो हुन्छ तर फ्राइ गरेर खानु उचित मानिँदैन।

४. वजन घटाउने: उच्च र’क्तचाप नि’यन्त्रणको लागि स्वस्थ वजनको आवश्यक हुन्छ। एउटा व्यक्तिको लागि स्वस्थ वजन कति हुन्छ भन्ने बारे विभिन्न अवधारणाहरू छन्। एउटा हो ब्रोसा इन्डेक्स (Broca Index), यस अनुसार आफ्नो उचाइलाई सेन्टिमिटरमा नाप्नुहोस्। त्यसमा १०० घटाउनुहोस्। जुन प्रतिफल आउँछ, त्यो नै तपाईंको लागि उपयुक्त वजन हो। यसको १० प्रतिशत तलमाथि भए पनि सामान्य मानिन्छ। कम्मरको गोलाइबाट पनि वजन सही छ कि छैन पत्ता लगाउन सकिन्छ। सामान्य पुरूषको कम्मरको गोलाइ ४० इन्चभन्दा कम हुनुपर्छ भने महिलाको कम्मरको गोलाइ ३५ इन्च भन्दा कम हुनुपर्छ।

५. नियमित औषधि खाने: बि’रामीले चिकित्सकले सिफारिस गरेको बमोजिम नियमित औ’षधि खानैपर्छ किनभने नियमित औषधि नखाए पछि प’क्षघात, हृदयघा’त, मिर्गौला फे’ल, अ’ङ्गभ’ङ्ग हुने, आदि शरीर नचल्नेदेखि लिएर अकस्मात मृ’त्यु समेत हुन सक्छ।

६. नियमित व्यायाम गर्ने: हरेक मानिसले प्रत्येक दिन ३० मिनेट पसिना आउने गरी कुनै न कुनै व्यायाम गर्नुपर्छ जस्तै पौडी खेल्ने, खेतबारीमा काम गर्ने, छिटो छिटो हिँड्ने, दगुर्ने, व्यायाम गर्ने आदि।

७. प्रशस्त मात्रामा सागसब्जी तथा फलफूल खाने: पोटासिएम धेरै भएको खानेकुराहरू जस्तै केरा, ब्रोकाउली, बन्दा, सुन्तला, मेवा, बेल, कागती आदि धेरै सेवन गर्नु लाभदायक हुन्छ। प्रशस्त मात्रामा हरियो सागसब्जी, गाजर, धनियाँ, काक्रो, रेसायुक्त खानेकुराहरू, प्रशस्त मात्रामा पानी खानुपर्छl पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउँछ। त्यसैले हाम्रो दैनिक खानामा पोटासियम बढी भएका खानेकुराहरू हुनुपर्छ। ताजा फलफूल नियमित खानुपर्छः ताजा फलफूलमा पाइने भिटामिन, मिनेरल्स् र फाइवरले मुटुलाई स्वस्थ राख्ने मात्रै नभई यसको नियमित प्रयोगले रक्तचाप पनि घटाउँछ। प्रतिदिन नियमित २,३ चोटि हरियो सागसब्जी खानुपर्छ।

८. नियमित रक्तचाप जाँच गर्ने र रेकर्ड रख्ने: र’क्तचापको औषधिको सेवन गर्ने र नगर्ने दुवै बिरामीले कम्तिमा पनि ६ महिनामा चिकित्सकसँग अनिवार्य रूपमा परामर्श लिनुपर्छ। आफ्नो आवश्यकता अनुसार चिकित्सकले भने बमोजिम फलो अपमा जानुपर्छ।

(लेखक नेपाल मेडिकल कलेज, जोरपाटीमा बि.ए. सी. नर्सिङ चौथो वर्षमा अध्ययनरत् छिन्।)