साउन अन्तिमतिर स्वास्थ्य कार्यालय दार्चुलाबाट आएको खबरले अ’सजिलो महशुस गरायो। लामो मिहिनेतले नि’यन्त्रण भैसकेको भ्या’गुते रो’ग एक्कासि समुदायमा देखापर्नु राष्ट्रिय खो’प कार्यक्रमका लागि शुभलक्षण थिएन। चालू आ.ब. मा प्रदेशस्तरबाट सञ्चालन गरिने स्वास्थ्यका कार्यक्रमको कार्य सञ्चालन निर्देशिका बनाउने र सँगसँगै को’भिड-१९ र अन्य नियमित क्रियाकलापको व्यस्तताले शरीरमा एक फरक किसिमको थ’कान महशुस भैरहेको थियो।

थला नपरुन्जेल बि’रामी भएको महशुस नगर्ने र अन्तिम अवस्थामा मात्र स्वास्थ्यकर्मीको सम्पर्कमा जाने आम नेपालीको जस्तो बानीबाट म पनि अछुतो छैन। झन् मेरो झोलामा दु’खाइ कम गर्ने, बा’न्ता रोक्ने, ग्यास्ट्रिक र एन्टिबायोटिक गरी हरेकको एक पत्ता सदैब रहिरहन्छ। यसपल्ट पनि त्यस्तै भयो ज्व’रो आउला जस्तो, जिउ दु’खे जस्तो र शरीरमा थ’कान महशुस भएजस्तो, आफूसँग भएको प्राथमिक उपचारको सामग्री लिएँ र पूर्ववत् रूपमा काम गर्नका लागि शरीरलाई बाध्य बनाएँ।

दार्चुलामा आउटब्रेक भएको भ्यागुते रो’गको समुदायस्तरमा खोज र प्रभावितको उपचार व्यवस्थापन समेत गर्नुपर्ने निर्देशकज्यू र परिवार कल्याण महाशाखाबाट निर्देशन  भएपश्चात सर्भिलेन्स मेडिकल अफिसर र जिल्लाका खोप अधिकृत सहितको टोली बनाई दार्चुलाको यात्रा तह भयो। असजिलो भइरहेको थियो,जिम्मेवार निकायमा बसेर जिम्मेवारी लिई सकेपछि सधैं आफू अनुकूल मात्रै हेर्नु नैतिकताले पनि दिँदैन। त्यसमा पनि निर्देशक डा. गुणराज अवस्थीसँग काम गर्नु पर्यो भने उहाँको स्पिडसँग आफूलाई अनुकूल बनाउँदै लानुपर्ने हुन्छ। अन्यथा पछाडि छुट्ने सम्भावना सदैव रहिरहन्छ।

यसै कुराले हामीहरूलाई आफ्नो काम समयमै सम्पन्न गर्न प्रेरित गरिरहन्छ। पूर्वनिर्धारित समय अनुसार हामी दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाका लागि प्रस्थान गर्यौं। यात्राको दौरान प्राय: मलाई केही असहज महशुस भैरहन्छ र यस पटक पनि यसैको निरन्तरताको रूपमा चित्त बुझाएँ। डडेल्धुराबाट थप उकालो लागेपश्चात वाकवाकीसँगै रिंगटा लागेजस्तो महशुस हुन थाल्यो। तै पनि आफ्नो जिम्मेवारीको महशुसले हार मान्न दिएन मानसिक रूपमा सशक्त भए पनि शारीरिक रूपले अशक्त भएको महशुस त्यतिबेला भयो जतिबेला खोड्पे र पाटनको मध्यतिर गाडीबाट ओर्लिन खोज्दा आँखामा अन्धकार छायो।

आँखा खोल्दा सहयात्री तिनै जना मलाई बीच सडकबाट उठाउने असफल प्रयास गरिरहेका थिए। जिउ सयौं मान्छेले एकै पटक कुटेको जसरी दुखिरहेको थियो। बे’होसीमा सडकमा पछारिँदा अनुहार र शरीरको अन्य भागहरूमा सामान्य चोट लागि र’गत बगिरहेको थियो। केही छिनको विश्रामपछि फेरि यात्रा निरन्तर अगाडि बढ्यो। बाटोमा पर्ने पाटन प्रा.स्वा.के. मा सामान्य चेकमा रक्तचाप अलि घटेको थाहा भयो। त्यसैको कारणले अघिको घटना भएको होला ठानें। गाडी बाटो सकिएपछि भ्यागुते रोग फैलिएको भनिएको समुदायसम्म पुग्न झण्डै दुई घन्टाको पैदल यात्रा गर्नुपर्यो।

समुदायको अवस्था मूल्यांकन गर्दै जाँदा घरका अधिकांश बालबालिकाले एउटा पनि खोप नलगाएको पाइयो। सबै बालबालिका १२ वर्ष माथिका भएकाले पुरानो कुरा कोट्याउनु उचित लागेन। परिवार कल्याण महाशाखाले उपलब्ध गराएको गाइडलाइन बमोजिम शं’कास्पद बिरामीको व्यवस्थापन गर्ने काम गरियो। पूर्वनिर्धारित कार्यक्रम सम्पन्न गरी फर्किने बेलासम्म शरीरमा थप कमजोरी तथा स्वाद र गन्धको भेउ नपाउने भैसकेको थिएँ। ता पनि मैले कोरोना संक्रमणको आशंका गर्न सकिनँ।

घर फर्किंदा श्रीमती र छोरीलाई झण्डै मेरो जस्तै लक्षण देखिन थालिसकेको थियो। सेती अस्पतालमा नर्सको रूपमा कार्यरत मेरी श्रीमतीले भोलिपल्ट नै पिसिआर परीक्षणका लागि स्याम्पल दिइन् जसको नतिजाले एकछिनका लागी रनभुल्लमा पार्यो। भोलिपल्ट मेरो र छोरीको परीक्षण समेत पोजेटिभ आएपछि हामीलाई केही निर्णय गर्ने अवस्थामै पुगेनौं। अवस्था जतिनै खराब भए पनि आफैंले आफैंलाई सम्हाल्नुको विकल्प हामीसँग थिएन। अन्तमा हाल बसिरहेको क्वार्टर ( डेरा ) मा सेल्फ आइसोलेसन बस्ने निर्णय गरियो। जुन आजका मितिसम्म निरन्तर चलिरहेको छ।

सामाजिक अ’वहेलना

घटना १ : हामी सपरिवार सं’क्रमित भएको सूचना म तिनै व्यक्तिलाई मात्रै दिन चाहन्थें जो पछिल्लो केही समय म र मेरो परिवारको सम्पर्कमा आएका थिए जुन कुरा कन्ट्याक्ट ट्रेसिङका लागि महत्वपूर्ण मानिन्छ। तर मेरो डेरा सँगैको क्वार्टरमा बस्ने एक जना व्यक्तिले परिवारको विवरण खुल्ने गरी सामाजिक सञ्जालमार्फत् अ’पमानजनक तवरले क्वार्टरमै आइसोलेसनमा बसेको कुरा सार्वजनिक गरे, जुन मेरो नजरमा अनैतिक र कानुनी हिसाबले गैरकानुनी थियो। यो कुराले मलाई असाध्यै आ’क्रोसित बनायो। तर विस्तारै तिनको पृष्ठभूमि सम्झिएँ, उनीबाट यतिको व्यवहार हुनु स्वभाविक सम्झिएँ।

घटना २ : लामो समयदेखि सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयवि’रूद्ध पित पत्रकारिता गर्दै आएको एक पत्रिकाले मेरो व्यक्तिगत विवरणको हेडलाइन बनाउँदै समाचार सार्वजनिक गरी थप मर्माहत बनायो। जुन कुरा नेपालको संविधान प्रदत्त गोपनीयताको मौलिक हकवि’रूद्ध थियो। माथि उल्लेखित घटना आइसोलेसन सुरू भएदेखि भोग्दै आइरहेका सामाजिक अवहेलनाका प्रतिनिधि घटना मात्रै हुन्।

विगत केही दिनदेखि यस्ता सामाजिक भेदभाव र अ’वहेलनाको पुलिन्दा तयार भएको छ। हामी स्वास्थ्यकर्मी कर्तव्य पालनको सिलसिलामा को’रोनाको सं’क्रमण हुनु सामान्य कुरा हो। तर समाजमा भएका ‘कुपात्र’हरूले सं’क्रमणलाई अ’पराध जसरी वर्णन गर्नु आफैंमा नि’कृष्ट कार्य हो।

सरकारसँग अपेक्षा

को’रोना सं’क्रमणवि’रूद्ध खटिएका फ्रन्टलाइनका स्वास्थ्यकर्मीहरू दिनरात नभनि आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्। जसले गर्दा स्वास्थ्यकर्मी र निजका परिवार समेत सं’क्रमित हुने संख्या दिनदिनै बढिरहेको छ। सँगसँगै सामाजिक अवहेलना र दु’र्व्यवहारका घ’टना समेत वृद्धि भैरहेको छ। यस्तो बेलामा राज्यका प्रशासनिक निकायमा बस्ने व्यक्तित्वहरूले सं’क्रमण रो’ग ऐन २०२० र मुलुकी अ’पराध संहिताको बारेमा अन्तर्वार्ता मात्रै दिँदै हिँड्नु भन्दा सामाजिक दु’र्व्यवहार गर्ने यस्ता व्यक्ति संस्थालाई कानुन बमोजिम का’रबाही गरी सं’क्रमितको मनोबल उच्च बनाउने पर्ने देखिन्छ।

हरेक दिन को’रोना सं’क्रमितको संख्या बढिरहेको छ र नियन्त्रण हुने छाँटकाँट छैन। सीमित स्रोत साधन भएको हाम्रो जस्तो देशमा सं’क्रमितको संख्या यसरी तीव्र गतिमा वृद्धि हुनु शुभ संकेत होइन, विश्व स्वास्थ्य संगठनका अनुसार पनि जम्मा सं’क्रमितको झण्डै बीस प्रतिशतमा सामान्यदेखि ज’टिल लक्षणहरू देखिने र यीमध्ये केहीलाई अक्सिजन सप्लाइको आवश्यकता पर्ने र केहीलाई सघन अपचार कक्षमा राखी उपचार गर्नुपर्ने हुन्छ।

सं’क्रमितको संख्या यसरी दिनदिनै बढ्दै जाने हो भने सबै लक्षण भएका बिरामीलाई अस्पतालमा भर्ना गरेर राख्न नसक्ने अवस्था आउँछ यस्तो अवस्था आउनु अगावै सरकारले निजी क्षेत्र र समुदायसँग मिलेर समुदाय स्तरमा अक्सिजन सिलिन्डर र बिरामीको रगतमा अक्सिजनको मात्रा पत्ता लगाउने मेसिन उपलब्धताको सुनिश्चितता गर्नु पर्दछ। यसले लक्षण भएका र अक्सिजनको मात्रै आवश्यकता भएका बिरामीको समुदायस्तरमै व्यवस्थापन गर्न सहज हुनेछ साथै अस्पतालहरूमा जटिल समस्या भएका बिरामीहरूको व्यवस्थापन सहजता ढंगले गर्न सकिने छ।

अन्तमा

को’रोना सं’क्रमण कुनै अ’पराध होइन यो एउटा रो’गमात्रै हो कोरोना सं’क्रमितलाई अ’पराधीको जस्तो व्यवहार नगरौं कति जना त तपाईंको उपचार, तपाईं र तपाईंको परिवारलाई सुरक्षा प्रदान गर्ने दौ’रानमा सं’क्रमित भएका छन्। यतिबेला उहाँहरूलाई तपाईंको मिठोबोलीको, सदभावको, र सान्त्वनाको खाँचो छ  त्यसैले सकिन्छ सद्भाव देखाऔं सकिन्न भेदभाव नगरौं किनकी यो घ’टना तपाईंको जीवनमा समेत घट्ने उत्तिकै सम्भावना छ।